७ श्रावण २०८३, बिहिबार | July 23, 2026

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन



काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेर बिहिबार साँझ निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई विहिबार दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

साँझ ८ बजेर ६ मिनेट जाँदा अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर, उनलाई ब्युँताउने सबै प्रयास असफल भएपछि ९ बजेर ५१ मिनेट जाँदा मृत घोषित गरिएको एम्स अस्पतालले एक विज्ञप्ति जारी गर्दै बताएको छ । दुई कार्यकाल प्रधानमन्त्री रहेका सिंह सन् १९९१ मा अर्थमन्त्री बनेका थिए । उनी भारतको आर्थिक सुधारका रचयिता मानिन्छन् । आफ्नो कार्यकालमा उनले भारतको अर्थतन्त्रलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि खुला गरे । टाट पल्टाइको सँघारमा रहेको अर्थतन्त्रलाई विश्वकै ठूलोमध्येको एक बनाउने श्रेय पनि उनैलाई दिइन्छ ।

सन् २००४ मा प्रधानमन्त्री बनेका सिंह दुई कार्यकाल सो पदमा रहे । पछिल्लो पटक उनको सरकार भ्रष्टाचार काण्ड, महँगी र भयानक आतंकवादी हमलाको चपेटामा पर्यो । उसो त उनी प्रधानमन्त्री अपेक्षा सायदै कसैले गरेको थियो । सोनिया गान्धी प्रधानमन्त्री बन्ने आकलनको माझ गान्धीले नै सिंहको नाम घोषणा गरेकी थिइन् । त्यसैले कतिपयले उनलाई ‘एक्सिडेन्टल प्राइममिनिस्टर’ भन्ने गरेका छन् ।

३३ वर्ष राज्य सभा सदस्य रहेका उनी कहिल्यै प्रत्यक्ष चुनिएनन् । जसका कारण अन्य नेताले जस्तो लोकप्रिय वैधताको उनलाई सधैँ अभाव रह्यो । त्यसमाथि लजालु स्वभाव र बिस्तारै बोल्ने बानीले कमजोर नेताको छवि बन्यो । तर, गठबन्धन सरकारको नेतृत्व गरेर पनि उनले विदेशी लगानी खोल्ने र अमेरिकासँग आणविक सम्झौता गर्नेजस्ता कठिन निर्णयमा दृढता देखाए ।

१९३२ मा हाल ब्रिटिस भारतको हाल पाकिस्तानमा पर्ने पञ्जाबमा जन्मिएका उनी उर्दु माध्यमको स्कुलमा पढेका थिए । विभाजनपछि उनको परिवार राजस्थान सर्यो । अक्सफोर्डबाट अर्थशास्त्रमा डक्टरेट गरेर फर्केपछि उनले भारतमा प्राध्यापन र विभिन्न मन्त्रालय तथा आयोगमा रहेर काम गरे । १९९० मा प्रधानमन्त्री चन्द्रशेखरको सल्लाहकार रहेका उनलाई पीभी नरसिंह रावले अर्थमन्त्री बनाएका थिए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ८ : ०३ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी