२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

भारतमा जारी कराते प्रतियोगितामा नेपाललाई पहिलो स्वर्ण पदक



भारत । भारतको महाराष्ट्र प्रदेश स्थित पुणे शहरमा शनिबार बाट अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरू भएको छ ।
भारतको पुणे स्थित खेलकुद विभाग केन्द्रमा आयोजना गरिएको प्रतियोगितमा शनिबार सम्पन्न बिभिन्न उमेर समुहको काँटा प्रद्वर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको छ ।

नेपालको तर्फबाट उत्कृष्ट काटा प्रद्र्वशन गरेका १० वर्ष मुनिका खेलाडी समूहका शिद्वार्थ रानाले स्वर्ण पदक हात पारेका छन । यस्तै शनिबार नै प्रतियोगिता अन्तर्गतका विभिन्न उमेर र तौल समूहका खेलाडीको छनौट प्रतियोगिता सम्पन्न भएका छन ।

भारतिय राष्ट्रिय कराते संघको आयोजनामा भएको प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका लगायत भारतका विभिन्न क्षेत्रबाट १ सय भन्दा बढी खेलाडी सहभागी रहेको आयोजक संस्थाका अध्यक्ष राजु थापाले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत आज र भोली विभिन्न उमेर र तौल समूहको अन्तिम फाईनल हुने छ । नेपालको तर्फबाट विभिन्न समूहका १८ जना महिला तथा पुरूष खेलाडी सहभागि रहेको जापान गोजुरियो कराते डो मिसन सङ्घ, नेपालका अध्यक्ष केबी रानाले बताए ।

नेपाली प्रतियोगि खेलाडीहरूको प्रदशर्न उत्कृष्ट रहेको उनले बताए । यस अघि शनिबार प्रतियोगिताको उद्घघाटन भारतिय सिने अभिनेता डा सुमन तलवारले राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन खेल क्षेत्रमा लागेर योगदान गर्ने खेलाडीको सम्मान बढाउनुपर्ने बताए । उनले खेलकुदको कराते जस्तो बिधाले आत्मसुरक्षा, अनुशासन र स्वस्थ्य राख्न मद्दत पु¥याउने बताए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : २५ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५