३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

प्रतियोगितामा सहभागी हुन करांते खेलाडी श्रीलंका प्रस्थान



भैरहवा । तेस्रो अन्तराष्ट्रिय  खुल्ला करांते प्रतियोगितामामा सहभागिता जनाउन नेपालका ६ कराते खेलाडी श्रीलंका तर्फ प्रस्थान गरेका छन ।

मार्च ४ मा श्रीलंकामा आयोजना हुने लागेको करांते प्रतियोगिताको लागि वादोरियो करांते डो संघका खेलाडि कमरुद्धिन अलि, शोभाखर पन्त, सन्यम् कडेल, पुरुषेत्तम पोख्रेल, विष्णु भट्टराई, श्रेया राई श्रीलंका तर्फ प्रस्थान गरेका हुन । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले एक कार्यक्रमका बीच माला लगाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै विदाई गरे । ्र

कार्यक्रममा विशिष्ठ अतिथि नेपाल करांते महासंघ लुम्बिनी प्रदेश संयोजक भरत बहादुर केसीले मार्सल आर्ट भगवान गौतबुद्धसंग सम्बन्धित रहेको खेल भएका कारण नेपाललाई अन्तराष्ट्रिय स्तरमा गौतमबुद्धको देश भनेर चिनाउने कराते खेलाडिलाई राम्रो अवसर भएकोले अनुशासित बनेर खेल प्रदर्शन गर्न शुभकामना दिए ।

विदाई कार्यक्रममा खेलाडिलाई विदाई शुभकामना दिदै मदन भण्डारी स्पार्ट एमेडमीका केन्द्रिय अध्यक्ष धु्रव आचार्यले  नेपाली खेलाडिहरु ज्हिले पनि अहिंसाको पक्षमा रहेको र सामाजिक विकृतिका विरुद्ध खेल खेल्ने बताए ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  १० : ३३ बजे

लेवनानमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया

संसद्मा जनताका विषयवस्तु उठाएर मात्रै हुँदैन, कार्यान्वयन गर्नुपर्छ : सांसद कंसाकार

काठमाडौंं । प्रतिनिधिसभामा आएको दुई वर्षभयो । यो दुई वर्षको

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

वीरगञ्ज । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक