२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलमा छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा



बुटवल । बुटवलमा अन्तर विद्यालय स्तरीय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएकोे नगर खेलकुद विकास समितिले जानकारी दिएको छ ।

बुटवल उपमहानगरपालिकाले विद्यालयस्तरमा खेलाडी उत्पादन गर्ने उदेश्यका यही पुस १६ गतेदेखि १८ गतेसम्म बुटवलमा प्रतियोगिता गर्न लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएकोे बताए ।

बालबालिकालाई शैक्षिकसंगै खेलकुद अनिवार्य विषय भएको उल्लेख गर्दै उनले विगतका वर्षहरुमा प्रमाणपत्रमात्र दिने गरिएकोमा पछिल्लो ३ वर्षदेखि नगद पुरस्कार पनि वितरण गरिदै आएको जनाए । उनले अहिले पनि खेलाडी पुरस्कार निक्कै कम हुने गरेको बताउँदै त्यसलाई वृद्धि गर्न जरुरी रहेको बताए ।

उनका अनुसार यसवर्ष छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदान, हाईजम्प कालिका मानवज्ञान माबि, छात्र भलिबल सिद्धेश्वर कोर्टमा गरिने छ । सिद्धेश्वर लाल कुमारी माबि खेल मैदानमा आयोजना हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजि गरि ५३ विद्यालयहरु सहभागी हुने छन् । जसमा भलिबल, कबड्डी, तेक्वान्दो, कराते (छात्ररछात्रा), एथलेटिक्स लगायत समावेश छन् । प्रतियोगिताहरु ३ दिनसम्म संचालन हुने छ ।

यो वर्ष एन्फा एकेडेमी खेलमैदान मर्मतको क्रममा रहेको हुदा सिद्धेश्वर खेलमैदानमा गरिने अध्यक्ष श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगर पूर्वाधार विकास र खेल विकासमा लागेको बताए । फुटबलको आठ, क्रिकेटको ३ मैदान तयार गर्ने लक्ष्यसहित काम अघि बढेको जनाउँदै यनले लनटेनिस, बास्केटबल कोर्टहरुमा समेत लगानी भएको जानकारी दिए । ‘ यसवर्ष मात्र साढे ३ करोड रुपैया बजेट खेलकुदमा बिनियोजन गरिएको छ ।’– उनले भने ।

यो वर्ष बुटवल–१६ को डहरगाउमा क्रिकेट मैदान निर्माण गर्न ७५ लाख रुपैया, तिलोत्तमा गोल्डकपलाई ३५ लाख रुपैया बिनियोजन गरिएको उनले बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवि अर्याल, समितिका सदस्यसचिव प्रेम बस्नेत, प्रतियोगिता मुल्यांकन समितिका संयोजक लालहरि पाण्डेले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए । गतवर्ष कालिका मानवज्ञान माबि उपाधि विजेता रहेको थियो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ५ : ५६ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले