४ पुस २०८२, शुक्रबार | December 19, 2025

तमु ल्होसार/ल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्छ : उपराष्ट्रपति यादव



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसार/ल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । नेपालका आदिवासी तमु अर्थात् गुरुङ समुदायको महान पर्व तमु ल्होसार/ल्होछार र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा समुदायले मनाउने महान पर्व तोल ल्होसाररल्होछारको सुखद उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उनले सो विश्वास व्यक्त गरेका हुन ।

“तमु ल्होसार पुस १५ गतेको दिन बिहानैदेखि पूजाआजा गर्ने र देवतालाई खुशी पार्न विभिन्न प्रकारको भोग लगाउने जस्ता परम्पराले समुदायगत धार्मिक आस्था र विश्वासलाई थप प्रगाढ बनाउँदै मन, बचन र कर्ममा पवित्रता र आध्यात्मिकता बढाउनमा सघाउने विश्वास व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले भनेका छन ।

यसैगरी उपराष्ट्रपति यादवले तोल ल्होसारको पनि शुभकामना व्यक्त गर्नुभएको छ । यस वर्ष पुस १६ गते (पुस शुक्ल प्रतिपदाको दिन) हिमाली भेग हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायतका जिल्लामा बसोबास गर्ने लामा, शेर्पालगायतका समुदायले नयाँ वर्षका रुपमा तोल ल्होसार धुमधामका साथ मनाउँदै छन् ।

“हाम्रा चाडपर्वहरुले समुदायको भाषा, संस्कृति, पहिरन र रैथान रीतिरिवाजलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, पर्वलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्ने प्रयास गर्दै नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा थप्न जरुरी छ”, उनले भनेका छन ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : ५१ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ