१५ असार २०८३, सोमबार | June 29, 2026

चाडपर्वले राष्ट्रिय एकता बलियो बनाएको छ : अध्यक्ष दाहाल



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको अवसरमा धार्मिक सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका भएको बताएका छन् ।

अध्यक्ष दाहालले आज जारी गरेको शुभकामना सन्देशमा देश तथा विदेशमा रहेका तमु समुदायका साथै समस्त नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दै उक्त शुभकामना व्यक्त गरेका हुन्।

“नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षका ठूलाठूला गाथा बोकेर संविधानसभाबाट २०७२ सालमा जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक हाम्रो संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतालाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको छ । हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ”, सन्देशमा भनिएको छ,“यही विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ, यस्ता मौलिक चाडपर्वहरुले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।”

अध्यक्ष दाहालले सबै जातजाति र समुदायका नेपाली जनताबीच सामाजिक, सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन पर्वले भूमिका खेल्नेसमेत उल्लेख गरेका छन्।

तमु ल्होसार पर्वले आफ्नो समुदायको परम्परागत संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकास गर्न विशिष्ट भूमिका खेलेको छ । यस पर्वमा तमु समुदायले आफ्नो वेषभूषा, पहिचान र संस्कारसहित जमघट हुने, गोष्ठी, प्रवचनका साथै नाचगान गर्ने र विभिन्न परिकार बनाएर खाने प्रचलन रहेको छ ।

 

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १० : ०० बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा