१ चैत्र २०८२, आइतबार | March 15, 2026

कर्मचारीको आन्दोलनलाई बेवास्ता गर्दै नेपालगन्ज मेडिकल कलेजको फेरियो नाम



नेपालगन्ज । विगत २० दिनदेखि आन्दोलनमा रहेका कर्मचारीहरुको मागलाई बेवास्ता गर्दै नेपालगन्ज मेडिकल कलेज अन्तर्गतका शिक्षण अस्पतालहरुमा रातारात साईन बोर्ड परिवर्तन गर्ने र नयाँ जनशक्तिका लागि बिज्ञापन खोलिएको छ । सरकारी अस्पतालका कर्मचारीको न्युनतम तलव सरह सुबिधाको माग गर्दै आएका कर्मचारीहरुसँग वार्ता र समस्याबारे छलफल गर्न छाडेर अस्पताल प्रशासन आन्दोलनरत कर्मचारीलाई तर्साउने उद्देश्य सहित साइनबोर्ड परिवर्तन गर्ने र नयाँ बिज्ञापन खोल्ने तर्फ अग्रसर भएको हो ।

नेपालगन्ज मेडिकल कलेज अन्तर्गत विपी चोकको शिक्षण अस्पतालमा रातारात सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको बोर्ड झुण्डाइएको छ । न्युनतम सेवासुविधाको माग गर्दै लामो समयदेखि कर्मचारी आन्दोलनमा उत्रिएकै बेला अचानक कलेजको नामाकरण फेरिएको बोर्ड झण्डाइएको हो ।

कलेज प्रशासनले विभिन्न विभागमा गरेर ८ सय ९५ जनाको पदमा रोजगारी समेत माग गरेको छ । कलेजले निकालेको सूचना अनुसार अस्पताल र कलेजका लागि सबैभन्दा धेरै नर्सिङ जनशक्तिको माग भएको छ । कलेजले ४ सय जना नर्सका लागि रोजगारी खुला गरेको छ । कलेजले कन्सलटेन्ट डाक्टरदेखि मेडिकल अफिसर र फार्मेसी देखि ल्याबसम्मका विभागमा जनशक्ति माग गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि बुटवलामा रहेको थियो । गत साउनमा उक्त कलेज नेपालगन्ज हस्पटिल एन्ड रिसर्च ट्रेनिङ सेन्टर प्राली सँग मर्ज भएको थियो । मर्ज भएपछि कलेजको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि भएको र बुटवलबाट नेपालगन्जमा स्थानान्तरण भएको थियो । यो कलेज मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालनमा ल्याएका हुन् ।

आन्दोलनरत कर्मचारीले कलेज प्रशासनको कार्यप्रती असन्तुष्टि जनाएका छन् । उनिहरुले विगत २० दिनदेखि आन्दोलनरत रहेका नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारीहरलाई त्रसित बनाउन र आन्दोलन असफल बनाउने खेलमा व्यवस्थापन पक्षले रातारात सन्जिवनी मेडिकल साइन्सेस भन्ने बोर्ड लगाएको टिप्पणी गरेका छन् । कलेज प्रशासनको कार्यबाट कर्मचारीहरु थप आक्रोशित भएको आन्दोलनरत कर्मचारीहरुले बताएका छन् ।

‘२५ औं वर्षदेखि कार्यरत रहेका कर्मचारीहरलाई व्यवस्थापन गर्नुको सट्टा थप उत्तेजित पार्ने कामको घोर भत्सर्ना गर्दछौं । दर्ता प्रक्रिया नभई, कर्मचारीहरलाई व्यवस्थापन नगरी विज्ञापन खुलाउने, बोर्ड लगाउने काम राम्रो होइन तत्काल यस विषयमा सरोकारवाला, प्रदेश सरकार, स्थानीय सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं ।’ कर्मचारीहरुले भनेका छन् ।

मेडिकल कलेजका कर्मचारीहरु भने विभिन्न माग राखी करिब ३ हप्तादेखि आन्दोलनमा छन् । आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित छ । आन्दोलन कै बीच अस्पतालमा सञ्जीवनीको बोर्ड लागेको छ भने ठूलो मात्रामा कर्मचारीको माग गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १० : १५ बजे

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७