९ पुस २०८२, बुधबार | December 24, 2025

इटहरीमा भेटिएको शङ्कास्पद झोलामा कुकर, कुकर भित्र पर्चा



विराटनगर । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शङ्कास्पद वस्तु कुकर रहेको पुष्टि भएको छ ।

कालो झोलामा राखिएको कुकरमा राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा रहेको प्रहरीले जनाएको छ । स्थानीयले सडक छेउमा कालो झोलाभित्र शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको इटहरी प्रहरीले जनाएको छ । बिहान इटहरी उप महानगरपालिका अगाडी शङ्कास्पद बस्तु फेला परेको थियो ।

यस्तै सुनसरी र मोरङ जोड्ने बुढी खोलाको पुलमुनि समेत शङ्कास्पद झोला फेला परेको थियो । शङ्कास्पद बस्तु फेला परेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ११ : ०७ बजे

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण