२ पुस २०८२, बुधबार | December 18, 2025

दलाल, भ्रष्ट र विचौलियाहरुसँग केपी ओलीको साँठगाँठ छ : भीम रावल

'ओलीले निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाइदिए'



काठमाडौं । नेकपा एमालेबाट हालसालै निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशमा सुशासन हासिल हुन्छ भन्नु हास्यास्पद भएको दाबी गरेका छन् ।

एमालेले सदस्यता खोसेपछि पहिलोपटक राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो बताएका हुन् । उनले ओलीले भ्रष्ट र दलालहरुसँग साँठगाँठ गरेको आरोप लगाए ।

रावलले प्रश्न गरे, ‘प्रतिक्रियावादी, देशद्रोहीहरु, भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गर्ने ओलीले देशमा सुशासन र समाजवाद ल्याउन खोजेको भनेर आम मानिसले पत्याइदिनुपर्ने ?’

रावलले ओलीले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको आरोप पनि लगाए ।

रावलले ओलले आफ्नो निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरुलाई निरंकुश शैलीमा हटाउन थालेको बताए । ओलीले निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाइदिएपछि आफु देश र जनताको हितका लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएको रावलले स्पष्ट गरे ।

रावलले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र जनजिविकाको पक्षमा झण्डा उठाउन सधैं अग्रसर भएको दाबी गरे ।

 

 

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  २ : ०४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल