१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

प्रभु बैंकले सञ्चालनमा ल्यायो डिजिटल काउन्टर



काठमाडौं । प्रभु बैंकले विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर ‘प्रभु डिजिटल क्यूब’सञ्चालनमा ल्याएको छ ।

उक्त काउण्टरमार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ चेक डिपोजिट स्टेटमेन्ट प्रिन्टिङ एटीएम तथा विभिन्न कियोस्क मेशिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लियरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको छ ।

यस सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको बैंकले जनाएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिने बैंकले जनाएको छ ।

यस नबिनतम् सेवाबाट ग्राहकले पर्याप्त लाभ उठाउनेमा विश्वस्त रहेको बैंकको भनाइ छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ४ : ५४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले