२ चैत्र २०८२, सोमबार | March 16, 2026

रोट्याक डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १७ औं राष्ट्रिय सम्मेलन भोलीदेखि बुटवलमा हुने



बुटवल । रोट्याक डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १७ औं राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । पुसको १९ र २० गते बुटवलमा हुने सम्मेलनको तयारी पूरा भएको छ ।

रोट्याक डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानको वर्ष २०२४/२५ को लागि राष्ट्रिय अध्यक्ष अर्थात डि.आर. आर रोट्याक्टर क्रिम क्षेत्रीले सम्मेलनको सबै तयारी पुरा भएको जानकारी दिए ।

बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रोट्याक क्लब अफ बुटवल साउथको आतिथ्यतामा हुने सम्मेलनमा देशभरबाट एक हजारबढि रोट्याक्टर, शुभेच्छुक तथा अभियान्ताहरुको सहभागिता रहने बुधबार सम्मेलनको तयारी बारे गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

सम्मेलनमा ३ वटा प्यानल डिष्कसनको कार्यक्रम समेत राखिएको डिष्ट्रिक मिडिया संयोजक आविस्कार खनालले जानकारी दिए । उनका अनुसार सम्मेलनको उद्घाटन युवा नेता चन्द्र भण्डारीले गर्नु हुने र कार्यक्रममा युवा नेता ज्ञानेन्द्र शाही, ठाकुर गैरेलगायतका राजनीतिज्ञहरुको सहभागीता हुने छ । यस्तै आधात्मिक शेसन र विजनेश शेसन गरी अन्य थप २ वटा शेसन समेत आयोजना गरिने रोट्याक डिस्ट्रिक्टका सह-सचीव अनुप पाण्डेले बताए ।

सम्मेलनमा सहभागिहरुको लागि बुटवल लगायत विभिन्न स्थानको भ्रमण सहितको कार्यक्रम समेत तय गरिएको र सम्मेलनले बुटवलको चहलपहल पनि बढ्ने सत्रौं राष्ट्रिय सम्मेलनका सम्मेलनका चियर तथा रोट्रयाक्ट क्लब अफ बुटवल साउथका पूर्व अध्यक्ष रितेश ज्ञवालीले जानकारी दिए । सहभागीहरुले रजिष्टेसन बापत संकलन गरिएको रकमसँगै केही स्थानीय तह र उद्योगी व्यवयासिक सघ सस्थाको सहयोगमा राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।

रोट्याक्ट क्लब अफ बुटवल साउथको आतिथ्यतामा हुन लागेको सम्मेलनको तयारि पूरा भइ सकेको साउथका अध्यक्ष सुदिप पौडेलले बताए । देशभरबाट आउने पाहुनाहरुको लागि बस्नको लागि बुटवलका होटल व्यवसायिहरुसंग सहकार्य गरी केही छुटमा राख्ने गरी काम गरिएको समेत उनले जानकारी दिए ।

उक्त कार्यक्रम सम्पन्न गर्नकालागि देशैभरीका २० रोट्याक्ट क्लबहरुले सहआतिथ्यताको भुमिकामा निभाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै पत्रकार महासंघ रूपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गरे । उक्त पत्रकार सम्मेलनमा रोट्याक्ट डिस्ट्रिक्टका सेक्रेटरी सुबिन खड्का रोट्याक्ट क्लब अफ बुटवल साउथका पूर्व अध्यक्ष यादव भट्टराई, ध्रुव केसी, भूपेन पाण्डे, डिआरसी मेम्बर रेशम खड्का लगायत आरडिसी मेम्बर तथा विभिन्न क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ८ : ५८ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र