८ चैत्र २०८२, आइतबार | March 23, 2026

तराईका जिल्ला अत्याधिक चिसो, चिसोबाट जोगिन चिकित्सकको सुझाव



भैरहवा । तराईमा केही दिन यता चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि भैरहवामा हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो ।

भैरहवामा पनि चिसो बढेसँगै शीतलहरसुरु भएको छ । आइतबारसम्म घाम लाग्दै आए पनि सोमबारदेखि भने शीतलहर चल्न थालेको र बुधबार पनि चिसो अत्यधिक बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार अबको केहीदिन सम्म तराईका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो लाग्ने र सो समयमा दैनिक जनजीवनमा असर पर्न सक्ने देखीएको छ । चिसोबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

शीतलहर सुरु भएसंगै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन स्थानीयवासीहरुलाई आग्रह गरेका छन । चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र तथा समुदाय पहिचान गरेर उनीहरूलाई जोगाउनका लागि विभिन्न कदम चाल्ने उनले जानकारी दिए ।

यसैगरी भिम अस्पतालका सुचना अधिकारी डा. आरिफ हुसेनले चिसोको कारणले धेरै जसो बालबालिकाहरुमा रुघाखोकी, छातीको इन्फेक्सन, निमोनिया, रुघाखोकी साथसाथै बान्ता आउने, ज्वरो आउनु, पेट दुख्नु लगायत विभिन्न समस्याहरु देखा पर्दछ, जुन अत्याधिक चिसो भएपछि देखिने लक्षणहरु हुन् ।

यस्ता लक्षणहरु देखिएमा बच्चाहरुलाई आफैले औषधि किनेर खुवाउनु भन्दा अस्पतालमा चिकित्सककाे परार्मशले मात्र औषधिहरु दिने गर्नु पर्छ । डा. हुसेन भन्छन, ‘बाहिर पसलहरुबाट औषधि किने खुवाउँदा बच्चाहरु सिरियस हुने र निमोनिया अझ बढ्ने देखीन्छ ।’ उनले  जाडोमा ढोका थुनेर कोइला, हिटर वा ग्याँस बालेर नबस्न पनि सुझाव दिए ।

जाडोको समयमा पानी कम खाने बानी हुँदा डिहाइड्रेसन बढ्न सक्ने भएकाले तातो पानी खानुपर्ने उनकाे सुझाव छ । चिसो अत्याधिक बढेकाले सबैमा सजकता अपनाउन डा. हुसेनले आग्रह गरेका छन ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  २ : २१ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय