४ पुस २०८२, शुक्रबार | December 19, 2025

मानव सेवा आश्रमले रुपन्देहीको तिलोत्तमामा माघ ७ गतेदेखि श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सञ्चालन गर्ने



बुटवल । आश्रय विहीनहरुलाई आश्रय दिँदै आएको मानव सेवा आश्रमको भवन निर्माणका लागि रुपन्देहीको तिलोत्तमामा श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ । आश्रमले आगामी माघ ७ गतेदेखि १४ गतेसम्म तिलोत्तमा-५ मणिग्राम (प्रदर्शनी हुने स्थान/सब्जी मण्डी नजिकै) श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना गर्ने भएको हो ।

तिलोत्तमा-५ पश्चिम पहुनीमा निर्माणाधिन आश्रमको भवनलाई पूर्णता दिनका लागि आयोजना गरिएको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा ३ करोड बढी आर्थिक संकलन गर्ने लक्ष्य राखिएको मानव सेवा आश्रमका महासचिव शुसीला के.सी.ले जानकारी गराइन । महायज्ञबारे जानकारी गराउन शुक्रबार तिलोत्तमामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशका विभिन्न स्थानमा महायज्ञ गर्दै आएको आश्रमले यो सातौ रहेको जानकारी गराइन् ।

भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्ने मात्र नभई मानव सेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरू रहने अधिकारीले बताए । महायज्ञमा बिहान हरेक दिन ५ बजेदेखि ७ बजेसम्म योग समेत सञ्चालन गरिने उनले जानकारी दिए ।

महायज्ञ सफल बनाउन संस्थाका अभिभावक लोकनाथ भुसालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । महायज्ञ सम्पन्न गर्न ३५ लाख बढी खर्च अनुमान गरिएको छ । आयोजक समितिका अनुसार ५०० देखि १ करोडसम्मको योगदान गर्नेलाई सम्मान गरिने छ । १ करोडको योगदान गर्नेको मानवसेवा आश्रमको कम्पाउण्डभित्र निर्माण हुने कुनैपनि ब्लकको नामकरणसहित दाताको अर्धकदको शालिक निर्माण गरिने बताइएको छ । ५१ लाख ५१ हजारसम्म योगदान गर्नेलाई आश्रमको सभाकक्ष निर्माण गरी सोही कक्षमा शिलालेख गरिने छ भने ३१ लाखसम्म योगदान गर्नेको आश्रमको भान्सा र भोजन कक्षको नामकरण गरी सोही कक्षमा शिलालेख राखिने छ ।

निर्माणाधिन आश्रमको भवनमा हालसम्म ५ करोड बढी खर्च भइसकेको र यसलाई सम्पन्न गर्नका लागि थप २ करोड लागत अनुमान गरिएको संयोजक भुसालले जानकारी दिए । महायज्ञबाट संकलित रकमबाट अक्षकोष वृद्धि गर्ने लक्ष्य समेत राखिएको छ । हालसम्म आश्रमको केन्द्रीय अक्षकोषमा ५ करोड रकम जम्मा भएको छ भने रुपन्देहीमा ३५ लाख रुपैयाँ पुगेको छ ।

०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका १० हजार ६ सय ८९ जना भन्दा बढी सहयोगाक्षेपी सडक मानवको उद्धार गरी व्यवस्थापन गराइसकेको छ । आश्रमले सातवटै प्रदेशमा गरी २० जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।

यसैगरी ४ हजार बढीलाई परिवारसँग पुनःमिलन गराइएको र त्यसमध्ये १ हजार बढी भारतीय नागरिक रहेको अध्यक्ष रामजी ज्ञवालीले जानकारी दिए । आश्रमले भारतमा समेत शाखा बिस्तार गर्ने योजनामा रहेको उनले जानकारी दिए ।

मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी रहेको संस्थाकी लुम्बिनी प्रदेश प्रमुख सुरु अधिकारीले जानकारी दिइन् । उक्त अवधिसम्म देशभर खुला आकाशमुनी रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरुको मानवोचित व्यवस्थापन गरिने अधिकारीले बताइन् । कार्यक्रमको अवसरमा बोल्दै तिलोत्तमा-६ का वडा अध्यक्ष गणेश पाठकले मानवसेवाको महाअभियान लिएर अगाडि बढेको आश्रमलाई सबैको सहयोगका लागि आह्वान गरे ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ४ : ०८ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा