४ पुस २०८२, शुक्रबार | December 20, 2025

ल्होसार तथा माघि पर्वको अवसरमा शुभकामना आदानप्रदान सम्पन्न



बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी निकट राष्ट्रिय महिला मोर्चा तिलोत्तमाले शुक्रबार तिलोत्तमामा ल्होसार तथा माघि पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै राष्ट्रय महिला मोर्चा केन्द्रीय अध्यक्ष माया गुरुङले सबै जाती, धर्म र संस्कारलाई सम्मान गर्नुपर्ने बताइन् ।

जनमुक्ति पार्टीले सबै जात धर्मको सम्मानसहित महिलाहरुको सहभागितालाई समेत प्राथमिकता दिएको उल्लेख गरिन् । यसैगरी पार्टीको संघीय सहिचव गीता सारु मगरले महिलाको अधिकार स्थापित गर्ने सवालमा जनमुक्ति पार्टी अगाडि रहेकाले अन्य व्यक्तिहरुलाई समेत समावेश हुन आह्वान गरिन् ।

कार्यक्रममा जनमुक्ति युवा सङ्घ केन्द्रीय अध्यक्ष शंकर गाहा, लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरुङ, राष्ट्रिय महिला मोर्चा प्रदेश उपाध्यक्ष आशा गुरुङ, राष्ट्रिय महिला मोर्चा रूपन्देही जिल्लाका अध्यक्ष ज्योति थापा मगर, पार्टीका रूपन्देही जिल्ला अध्यक्ष प्रेमबहादुर थापा, तिलोत्तमा नगर समिति अध्यक्ष राधिका सिरिस लगायतले बोल्दै नेपाली बहु जाती, बहुधर्मको फूलबारी भएको बताउँदै सबैको सम्मान गर्नुपर्नेमा जोड दिए ।

मोर्चाकी तिलोतमानगर अध्यक्ष चन्दा थापाको अध्यक्षता, सचिव धनमाया सारुको सञ्चालन तथा उपाध्यक्ष जीजा गुरुङको स्वागतमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ६ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको