२ चैत्र २०८२, सोमबार | March 16, 2026

ल्होसार तथा माघि पर्वको अवसरमा शुभकामना आदानप्रदान सम्पन्न



बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी निकट राष्ट्रिय महिला मोर्चा तिलोत्तमाले शुक्रबार तिलोत्तमामा ल्होसार तथा माघि पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै राष्ट्रय महिला मोर्चा केन्द्रीय अध्यक्ष माया गुरुङले सबै जाती, धर्म र संस्कारलाई सम्मान गर्नुपर्ने बताइन् ।

जनमुक्ति पार्टीले सबै जात धर्मको सम्मानसहित महिलाहरुको सहभागितालाई समेत प्राथमिकता दिएको उल्लेख गरिन् । यसैगरी पार्टीको संघीय सहिचव गीता सारु मगरले महिलाको अधिकार स्थापित गर्ने सवालमा जनमुक्ति पार्टी अगाडि रहेकाले अन्य व्यक्तिहरुलाई समेत समावेश हुन आह्वान गरिन् ।

कार्यक्रममा जनमुक्ति युवा सङ्घ केन्द्रीय अध्यक्ष शंकर गाहा, लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरुङ, राष्ट्रिय महिला मोर्चा प्रदेश उपाध्यक्ष आशा गुरुङ, राष्ट्रिय महिला मोर्चा रूपन्देही जिल्लाका अध्यक्ष ज्योति थापा मगर, पार्टीका रूपन्देही जिल्ला अध्यक्ष प्रेमबहादुर थापा, तिलोत्तमा नगर समिति अध्यक्ष राधिका सिरिस लगायतले बोल्दै नेपाली बहु जाती, बहुधर्मको फूलबारी भएको बताउँदै सबैको सम्मान गर्नुपर्नेमा जोड दिए ।

मोर्चाकी तिलोतमानगर अध्यक्ष चन्दा थापाको अध्यक्षता, सचिव धनमाया सारुको सञ्चालन तथा उपाध्यक्ष जीजा गुरुङको स्वागतमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ६ : २२ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र