१३ श्रावण २०८३, बुधबार | July 29, 2026

तिलोत्तमा उद्योग वाणिज्य संघ र भलाई कोषबिच सम्झौता



बुटवल । दुर्घटना न्युनीकरणका लागि संघसंस्थासँग सहकार्यको अभियान चलाइरहेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले तिलोत्तमा उद्योग वाणिज्यसँग सम्झौता गरेको छ ।

तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देही र भलाई कोष बुटवलबीच द्विपक्षीय सम्झौता भएको हो ।

संघमा आबद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारीसाधनहरु भलाई कोषमा आबद्ध गराउने गरी दुर्घटना न्युनीकरण अभियानमा सहकार्य गर्ने दुवै पक्षबिच सम्झौता भएको हो ।

सम्झौतामा दुवै संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् । तिलोत्तमा उद्योग वाणिज्य संघले आफ्ना व्यवसायीका सवारीसाधन कोषमा दर्ता भएर सञ्चालन गर्ने सम्झौता गरेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए ।

सम्झौतामा निजी तथा भाडामा चल्ने सवारी साधनका अतिरिक्त तिलोत्तमा उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायीका मोटरसाईकल तथा स्कुटरहरु समेत कोषमा नियमानुसार शुल्क बुझाई आबद्ध गर्ने उल्लेख छ ।

त्यसैगरी कोषमा मासिक शुल्क बुझाउने व्यवसायीलाई २ सय रुपियाँ छुट प्रदान गर्ने गरी सम्झौता भएको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिए । त्यस्तै सवारीसाधन बाटोमा दुर्घटना भइ जीवित क्षति तथा तेस्रो पक्षको निर्जीव क्षतिको सम्पूर्ण लगानी कोषले गर्नेछ ।

आफ्नो गाडीको व्यापक बिमा भएको अवस्थामा दुर्घटनाको कारण क्षति भएमा लागेको खर्चमा कोषले ५० प्रतिशत व्यहोर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै दुर्घटना भई चालकलाई हिरासतमुक्त गर्दा लाग्ने खर्च पनि भलाई कोषले व्यहोर्ने छ ।

त्यस्तै मोटरसाईकल र स्कूटर दुर्घटना हुँदा दुई जनासम्मको उपचार खर्च रकम १५ लाख रुपैयाँ कोषले लगानी गर्ने सम्झौता पनि भएको छ । दुवै पक्षबिच सम्झौता आदान प्रदान कार्यक्रममा कोषका तर्फबाट अध्यक्ष फुल्लेलका सथै उपाध्यक्ष छविलाल थापा, सचिव विजेश न्यौपाने, कोषाध्यक्ष प्रकाशकुमार नेपाल, कार्यालय प्रमुख ठानेश्वर बस्याल, वरिष्ठ लेखा अधिकृत क्रृषिराम अर्याल र मणिग्राम शाखा प्रमुख पुरुषोत्तम भण्डारी सहभागी थिए भने संघका तर्फबाट अध्यक्ष कार्की, निवर्तमान अध्यक्ष गुणनिधी भण्डारी, वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, महासचिव राजकुमार पाण्डे, कोषाध्यक्ष टिकाराम भण्डारी, सदस्यहरु नरेशबहादुर क्षेत्री र गंगाराम पाण्डे सहभागी थिए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ११ : २१ बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन