१७ बैशाख २०८२, बुधबार | April 30, 2025

सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा व्यवसायीको शव फेला



काठमाडौं । एक व्यवसायीको शव सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा फेला परेको छ । ६ दिनदेखि बेपत्ता हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी शव उखुबारीमा गाडेको अवस्थामा शनिबार फेला परेको हो ।

शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता थिए ।

पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेको थियो । कतै फेला नपरेपछि परिवारले पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गराएको थियो ।

खोजतलासको क्रममा उनले लगाएको जुत्ता फेला परेपछि प्रदेश प्रहरी कार्यलयबाट कुकुरको सहायता लिएको थियो । पुस १८ गते सोही वडाको नहर छेउमा मोटरसाइकल र च्यातिएको फोटो फेला परेको र १९ गते घटनास्थलको केही किलोमिटर दूरीमा पर्स फेला परेको प्रहरीको भनाइ छ ।

प्रारम्भिक मुचुल्कापछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ८ : ०३ बजे

१८ औं मनमोहन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता बुटवलमा भोलीबाट सुरु

बुटवल । १८ औं संस्करणको मनमोहन स्मृति वडा स्तरीय नकआउट

जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै, पार्टीको नाम ‘नाजपा’ रहने

काठमाडौं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच आज पार्टी

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल

आज अन्तरराष्ट्रिय ज्याज दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक