१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा व्यवसायीको शव फेला



काठमाडौं । एक व्यवसायीको शव सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा फेला परेको छ । ६ दिनदेखि बेपत्ता हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी शव उखुबारीमा गाडेको अवस्थामा शनिबार फेला परेको हो ।

शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता थिए ।

पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेको थियो । कतै फेला नपरेपछि परिवारले पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गराएको थियो ।

खोजतलासको क्रममा उनले लगाएको जुत्ता फेला परेपछि प्रदेश प्रहरी कार्यलयबाट कुकुरको सहायता लिएको थियो । पुस १८ गते सोही वडाको नहर छेउमा मोटरसाइकल र च्यातिएको फोटो फेला परेको र १९ गते घटनास्थलको केही किलोमिटर दूरीमा पर्स फेला परेको प्रहरीको भनाइ छ ।

प्रारम्भिक मुचुल्कापछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ८ : ०३ बजे

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर