९ पुस २०८२, बुधबार | December 24, 2025

सरकारले हल्ला होइन, काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह



सुनसरी । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन ।

आइतबार नेपाली कांग्रेस धरान उपमहानगरपालिकाले आयोजनम गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । सरकार गठनका बेला भएको सहमति अनुसार नै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने उनको दाबी छ ।

सरकार गठन अघि भएको सहमतिमा कांग्रेस र एमाले इमान्दार रहेको दाबी गर्दै तत्काल सरकार परिवर्तन नहुने दाबी पनि उनको छ । सहमतिअनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओली पछी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले दाबी गरे ।

‘आउने निर्वाचनमा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई थाहा छ । परिस्थितिको आवश्कता अनुसार अहिलेको सरकार बनेको छ । हामी अहिले सँगै सरकारमा रहेर काम गरिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यो भन्दा अगाडीको सरकारले पूरा गर्न नसकेका विकास कामहरू यो सरकारले गरिरहेको छ ।’

त्यस्तै, उनले संविधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै त्यसका लागि सबै दलसँग छलफल भइरहेकोसमेत बताए । अहिलेको सरकारले यस अघि सम्पन्न हुने नसकेका आयोजनालाई सञ्चालनमा ल्याएको उदाहरण दिँदै उनले सरकारले हल्ला नगरी काम गरिरहेको बताए । जनचाहनाअनुसार आर्थिक समृद्धि र  विकास निर्माणका काम सरकारको प्राथमिकतामा रहेको सिंहको भनाई थियो ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १२ : ४९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना