१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

३४ इजरायली बन्दीलाई रिहा गर्न हमास तयार



गाजा । हमासले इजरायलका ३४ बन्दी रिहा गर्न सहमत भएको छ । इजरायलसँगको युद्धविराम सम्झौताको एक भागको रूपमा ३४ बन्दीहरूलाई रिहा गर्न तयार रहेको जनाइएको हो ।

प्यालेस्टाइनी सञ्चारमाध्यमका अनुसार हमास युद्बबिरामको अवस्थामा ती बन्दी रिहा गर्न तयार रहेको जनाए पछि मध्यपुर्वमा शान्ति छाउन सक्ने अनुमान सुरू भएको छ ।

‘गाजा स्ट्रिपमा शासन गर्ने प्यालेस्टिनी समूहले बन्दीहरूलाई रिहा गर्न बन्दी आदानप्रदान सम्झौताको पहिलो चरणको एक भागको रूपमा अनुमोदन गरेको छ,’ अज्ञात हमास अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

बन्दीको प्रारम्भिक आदानप्रदानमा गाजामा बन्दी रहेका मध्ये ३४ जना  महिला, बालबालिका, वृद्धवृद्धा र बिरामी बन्दीहरू रहने जनाइएको छ । अब युद्धविराम सम्झौता इजरायलको तर्फवाट स्थायी युद्धविराम र गाजाबाट फिर्ता हुने सबालमा कस्तो धारणा राख्छ, अब कैदी आदान प्रदान सोही ब्यावहारमा  निर्भर गर्ने जनाइएको छ ।

उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले आइतवार हमासले सम्भावित रिहाइका लागि बन्दीहरूको सूची उपलब्ध गराएको बताएको छ। कतारमा युद्धविराम सम्झौताका लागि वार्ता भइरहेका बेला हमास र इजरायल दुबैतर्फवाट सो धारणा आएको हो ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ११ : १२ बजे

ढोरपाटन-निसेलढोर सडक स्तरोन्नति

ढोरपाटन । बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

पोखरा । अरू दिनभन्दा बुधबार पोखराको हङकङ बजारछेउको दृश्य भिन्न

विविधताबीचको एकता राष्ट्रिय शक्ति र सभ्यताको पहिचान : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले समर्पण, मानवता, सहिष्णुता र

चाडपर्वले समाजमा आपसी सहिष्णुता र सद्भावको परम्परा कायम : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चाडपर्वहरूले समाजमा आपसी

मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन खुला

सङ्खुवासभा । यहाँको मकालु वरुण राष्ट्रिय निकुञ्जले यही जेठ २५