१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

तीनवटा संसदीय समितिका बैठक बस्दैँ



काठमाडौं । संघीय संसदका तीन समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सिंहदरबारस्थित कार्यालयमा तीनै समितिको बैठक बस्न लागेको हो ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १०ः०० बजे बोलाइएको छ, जुन बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुने अजेन्डा तय गरिएको छ ।

उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पुरानै अजेन्डा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा लामो समय देखी छलफल भइआएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ८ : ३० बजे

बाह्य मुलुकतर्फ लैजान लागेको नगद सहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानमार्फत अबैध पैसा लान

कञ्चनपुर-कमला सडक विस्तार : लहानको सहिद स्मारक स्थानान्तरण गरिने

सिरहा । लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको

९ वर्षीय बालकको गाडिएको अवस्थामा शव भेटियो

कोहलपुर । दोस्रो बुवा र आमासँग बस्दै आएका एकजना ९

शिक्षक र सरकारबीच वार्ता असफल, आन्दोलन आज पनि जारी रहने

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बीचको वार्ता सफल