३ बैशाख २०८३, बिहिबार | April 16, 2026

तीनवटा संसदीय समितिका बैठक बस्दैँ



काठमाडौं । संघीय संसदका तीन समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सिंहदरबारस्थित कार्यालयमा तीनै समितिको बैठक बस्न लागेको हो ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १०ः०० बजे बोलाइएको छ, जुन बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुने अजेन्डा तय गरिएको छ ।

उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पुरानै अजेन्डा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा लामो समय देखी छलफल भइआएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ८ : ३० बजे

सुन प्रतितोला ३ लाख २ हजार ८ सय पुग्यो, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि उकालो लागेको

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच पहिलोपटक छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग

इरान युद्धको प्रभावबीच चिनिया अर्थतन्त्र अपेक्षाभन्दा तीव्र गतिमा वृद्धि

अमेरिका-इजरायल र इरानबीचको युद्धको प्रभाव विश्वभर देखिइरहेका बेला पनि चीनको

चितवनमा रगत अभाव गम्भीर बन्दै, माग बढ्दा रक्तदाता घट्दै

चितवन । चितवन जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७