१० पुस २०८२, बिहिबार | December 25, 2025

पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन लागेकामा बाबुरामको असहमति



काठमाडौं । पूर्व राष्ट्रपति र उपराष्ट्रपति दलीय राजनीतिमा फर्किन थाले पछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले प्रश्न उठाएका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराइले संबिधानको मुल मर्म बिपरित पूर्व राष्ट्रपति र उप राष्ट्रपति राजनीतिमा आउनु सुखद सन्देश नभएको बताएका हुन् ।

‘पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति आआफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा वहाँहरू र वहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन, यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक  प्रणाली र संविधानको मूल अन्तरवस्तुको रक्षा र विकासको विषय हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘साथै वहाँहरू दुवै ‘कम्युनिष्ट’ पृष्ठभूमिबाट आउनु भएकाले  वहाँहरू र वहाँहरूका पूर्व पार्टीहरू परम्परागत रूपमा पार्टी र राज्यलाई एउटै मान्ने एक दलीय प्रणालीका पक्षधर हुन् कि हाम्रै विशेषताको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अंगिकार गर्ने राजनीतिक शक्ति हुन् भन्ने परीक्षण गर्ने महत्वपूर्ण कसौटी पनि हो, त्यसैले यसवारे सम्बन्धित सबैको गम्भीर ध्यान पुगोस्।’

पछिल्लो समयमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रिय समितिको बैठकमा उपस्थित हुन थालेका छन् भने पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारी पनि सक्रिय राजनीतिमा फर्कने चर्चाका बीचमा भट्टराइको यो टिप्पणी आएको हो ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ९ : १५ बजे

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज राजधानीमा

स्वास्थ्यमन्त्री सारुद्वारा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड, रुपन्देही स्वास्थ्य पर्यटनको रुपमा विकासको संकेत

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवामा

पूर्वगृहमन्त्री रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता र पूर्वगृहमन्त्री रमेश लेखक

बालेनलाई भेटन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगे कुपण्डोल

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

नयाँ राजनीतिक शक्तिमा नेतृत्वको होड, सहकार्यभन्दा प्रतिस्पर्धा बलियो : रेशम चौधरी

काठमाडौं । पुराना दलहरूको विकल्पका रूपमा उदाएका नयाँ राजनीतिक शक्ति