२ चैत्र २०८२, सोमबार | March 16, 2026

भूकम्प गएको १ वर्ष २ महिनापछि पुनर्निर्माणका लागि विवरण सङ्कलन



काठमाडौं । विसं २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई भूकम्प हुँदा क्षतिग्रस्त निजी आवासको प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापनाको विस्तृत विवरण सम्बन्धित स्थानीय तहको नेतृत्व स्थानीय तहका प्राविधिकमार्फत सङ्कलन गर्ने निर्णय भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक सहयोग, सहजीकरण र समन्वयमा यथाशक्य चाँडो विवरण सङ्कलन सुरु गरिने प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए ।

जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हालैको बैठकले ‘विपद प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना कार्यविधि, २०८१’ लाई पुस १६ गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मा पश्चिम नेपाल भूकम्प तथा मनसुनजन्य विपद् पुनर्लाभ कार्ययोजनामा छलफल भएको र अर्को बैठकको निर्णयपछि पुनर्निर्माण तीव्र गतिमा थालिने प्राधिकरणले जनाएको हो ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ३ : १२ बजे

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास