२८ चैत्र २०८२, शनिबार | April 11, 2026

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।

बैंकले चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ/संस्थासँगको सहकार्यमा १८ हजार बृक्षारोपण गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपण गरी उक्त अभियानको शुभारम्भ गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बृक्षारोपण कार्यक्रम चालु आर्थिक वर्षभर संचालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवाहरु रोपण गर्ने जानकारी दिए ।
रुखविरुवा प्रकृति संरक्षणको महत्वपूर्ण पाटो हो । बृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली जोगाई राख्न, पहिरो रोक्न, पानीको श्रोत जोगाउन सहयोग पु¥याउँछ, उनले भने ।
कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ७ : ५३ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र