२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सूर्यदर्शन सहकारी प्रकरण : रविसहितको मुद्दामा थुनछेक बहस अन्तिमतिर, पोखरामा सुरक्षा कडा बनाइयो



पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएकाहरूको थुनछेक बहस अन्तिम चरणमा पुग्दा स्थानीय प्रशासनले सुरक्षा कडा बनाएको छ । जिल्ला अदातलका न्यायाधीश नीतिज राईको इजलासमा एक सातादेखि जारी बहस अन्तिमतिर पुग्दै गर्दा प्रशासनले सुरक्षा कडा बनाएको हो ।

पोखराका मुख्यचोकसहित संवदेनशील स्थानहरूमा बुधबारदेखि सुरक्षा कडा बनाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

जिल्ला अदालतमा मुद्दाको अन्तिम टुंगोतिर जाँदै गर्दा पोखरास्थित जिल्ला प्रशासन कार्यालय कास्कीअगाडिको राष्ट्रबैंक चोक, वाइचोक र सहिद चोक क्षेत्रमा सवारीसाधन सञ्चालमा रोक लगाइएको छ ।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनीसहित सबै ७ जना प्रतिवादीको बहस सकिन लागेको अवस्थामा सम्भावित हुलदंगा हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो । लामिछानेबारेको बहसले निचोडमा पुग्नै लाग्दा प्रशासनले मुख्य चोकमा कडाइ गरेको हो ।

अदालतको आदेश आउन लागेको अवस्थामा मंगलबारदेखि नै प्रशासनले सरकारी कार्यालय र अदालत रहेका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको हो । मंगलबार मात्रै लामिछानेको थुनछेक बहस सकिएपछि रास्वपाका समर्थकले अदालतबाहिर प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगनकुमार थापाविरुद्ध नाराबाजी गरेका थिए ।

मुद्दाको आदेश आउने अवस्थामा देशभरबाट रास्वपाका समर्थकहरू जम्मा हुन सक्ने सम्भावना छ । त्यहीकारण सुरक्षाकर्मी पनि बाक्लो संख्यामा सडकमा परिचालन गरिएको छ । उता, सहकारीपीडितहरू पनि ठूलो संख्यामा सडक निस्किने भएकाले प्रशासनले सतर्कता बढाएको हो ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ४ : ३१ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती