३ पुस २०८२, बिहिबार | December 19, 2025

चिनियाँ चलचित्रकर्मीले नेपाललाई छायाङ्कन गन्तव्य बनाउनुपर्दछ : उपमहासचिव पुन



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चिनियाँ चलचित्रकर्मीलाई नेपाल आएर छायाङ्कन गर्न निम्तो दिएका छन् । चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा ठमेलस्थित एक चलचित्र भवनमा संयुक्त रूपमा आयोजित एकदिवसीय ‘चीन चलचित्र दिवस’ को उदघाटन गर्दै उपमहासचिव पुनले नेपालमा छायाङ्कन गर्न आउने चिनियाँ चलचित्रकर्मीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “चीन जस्तो ठूलो चलचित्र उद्योगबाट चलचित्रकर्मी यहाँ आउनुभएमा हाम्रो चलचित्रको स्तर पनि बढ्ने छ । सह निर्माण, कथा आदानप्रदान र प्राविधिक साझेदारीले हामीलाई अन्तर्राष्ट्रियबजारमा अझैँ बलियोसँग प्रस्तुत गर्न सक्छ । यस्ता महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नगरी नयाँ सम्भावनाको खोजीको रुपमा उपयोग गर्न सक्नुपर्छ ।”

उपमहासचिव पुनले चीनसँग कूटनीतिक र व्यापारिकसँगै सांस्कृतिक तथा कलाको सम्बन्धलाई बढाउन यस्ता महोत्सव र गतिविधिले निरन्तरता पाउनु पर्नेमा जोड दिए । काठमाडौँमा पहिलोपटक आयोजना गरिएको ‘चीन चलचित्र दिवस’ मा चाइना चलचित्र प्रसाशन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङ, अभिनेत्री यु हङ, वितरक कम्पनि टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङसहित १४ चलचित्रकर्मी सहभागी थिए ।

चाइना चलचित्र प्रसाशन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङले सुन्दरसहर काठमाडौँ आउन पाउँदा खुसी लागेको बताए । उनले भने,“यो वर्ष दुई देशको कूटनीतिक सम्बन्धको ६०औँ वर्ष पुगेको सन्दर्भमा चीन चलचित्र दिवस मनाइनु र चलचित्र देखाइनु सुखद् पक्ष हो । हाम्रो चिनियाँ चलचित्र उद्योग सबैका लागि खुल्ला छ, हामी सबैलाई अवसर दिने गरेका छौँ । यस्ता महोत्सवले हाम्रो दुई देशको चलचित्रलाई आदानप्रदान गर्ने विश्वाश लिएको छु ।”

यहाँस्थित चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ जीनले पहिलोपटक मनाउन लागेको ‘चीन चलचित्र दिवस’ले नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरे । उनले भने, “दुई देशका चलचित्रकर्मीलाई जोड्ने काम यो महोत्सवले गरेको छ । चीन विश्वकै चलचित्रका लागि ठूलो बजार मानिन्छ, अब नेपालले त्यहाँ आफ्नो उपस्थिति जनाउनुपर्छ । हामीले आज नेपालमा समेत छायाङ्कन गरिएको चलचित्र प्रदर्शन गरेका छौँ, जहाँ सुन्दर नेपालको सुन्दरता देखिएको छ । हामी यहाँको पर्यटन प्रवद्र्धन गर्न पनि तत्पर छौँ ।”

पहिलोपटक नेपाल आएकी विश्व प्रसिद्ध अभिनेत्री यु हङले नेपालको सत्कार र आतिथ्यता निकै मन परेको बताइन् । “म यहाँको सत्कारले निकै खुसी छु । हामीले हाम्रो चलचित्र देखाउन पाउँदा र नयाँ दर्शकसँग साक्षत्कार गर्न पाउँदा केही सिक्ने विश्वास लिएकी छुँ”, उनले भनिन् ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले नेपाली चलचित्रकर्मीका लागि चीनमा बजार खोज्ने सम्भावनाको ढोका यस कार्यक्रमले खोलेको उल्लेख गरे । उनले भने, “भारतीय चलचित्रले पनि चीनको बजारबाट मनग्य फाइदा लिएको छ । हामीले त्यहाँ केही चलचित्रलाई पु¥याउन सकेमा नयाँ युगको सुरुआत हुनेछ । नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ ।”

कार्यक्रममा अभिनेता नीर शाह, निर्देशक नवल नेपाल, दीपेन्द्र गौचन, कलाकार केदार घिमिरे ‘माग्ने बुढो’ लगायत उपस्थित थिए ।

……
…..
……

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १० : २६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको