२५ माघ २०८२, आइतबार | February 8, 2026

पाँच महिनामा पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ



काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले साउनदेखि मङ्सिरसम्म पक्राउ परेकामा सबैभन्दा बढी मधेश प्रदेशका एक हजार पाँच सय ९४ प्रतिवादी रहेका जानकारी दिए । काठमाडौँ उपत्यकाबाट एक हजार दुई सय ५३ जना प्रतिवादी पक्राउ परेका छन् ।

कोशीबाट सात सय ३५, बागमतीबाट दुई सय ६५, गण्डकीबाट पाँच सय छ, लुम्बिनीबाट एक हजार ३५, कणालीबाट एक सय ६९ र सुदूरपश्चिम प्रदेशबाट दुई सय ३५ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्यूरोले ५४ जना पक्राउ गरेको छ । निजहरूबाट रु ४३ करोड पाँच लाख ४२ हजार जरिवानासमेत तोकिएको छ । निजहरूबाट कूल कैद एक हजार नौ सय ६८ वर्ष नौ महिना आठ दिन भुक्तानी गर्न बाँकी रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष टोली परिचालन गर्दै आएको छ । सोही क्रममा उक्त सङ्ख्यामा प्रतिवादी पक्राउ गरी अदालतमा पेस गरिएको बताउँदै प्रवक्ता अधिकारीले अदालतको आदेशअनुसार जरिवाना तिराएर कारागारसमेत पठाइएको बताए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १ : १२ बजे

धादिङको महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना : एक जनाको मृत्यु

मलेखु । थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा

प्रदेश अस्पताल दमौलीलाई स्तरोन्नति गर्न जग्गा प्राप्ति

तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालले स्तरोन्नतिका लागि जग्गा

सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका