९ माघ २०८१, बुधबार | January 22, 2025

पाँच महिनामा पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ



काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले साउनदेखि मङ्सिरसम्म पक्राउ परेकामा सबैभन्दा बढी मधेश प्रदेशका एक हजार पाँच सय ९४ प्रतिवादी रहेका जानकारी दिए । काठमाडौँ उपत्यकाबाट एक हजार दुई सय ५३ जना प्रतिवादी पक्राउ परेका छन् ।

कोशीबाट सात सय ३५, बागमतीबाट दुई सय ६५, गण्डकीबाट पाँच सय छ, लुम्बिनीबाट एक हजार ३५, कणालीबाट एक सय ६९ र सुदूरपश्चिम प्रदेशबाट दुई सय ३५ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्यूरोले ५४ जना पक्राउ गरेको छ । निजहरूबाट रु ४३ करोड पाँच लाख ४२ हजार जरिवानासमेत तोकिएको छ । निजहरूबाट कूल कैद एक हजार नौ सय ६८ वर्ष नौ महिना आठ दिन भुक्तानी गर्न बाँकी रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष टोली परिचालन गर्दै आएको छ । सोही क्रममा उक्त सङ्ख्यामा प्रतिवादी पक्राउ गरी अदालतमा पेस गरिएको बताउँदै प्रवक्ता अधिकारीले अदालतको आदेशअनुसार जरिवाना तिराएर कारागारसमेत पठाइएको बताए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १ : १२ बजे

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन

बागलुङको जैमिनिघाटमा पर्वत जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९

टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान

टर्की । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको

चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् ।

गैँडाको आक्रमणबाट मृत्यु

चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज