२३ माघ २०८२, शुक्रबार | February 6, 2026

हस्तकला क्षेत्र सरकारको सँधै प्राथमिकता रहन्छ : प्रधानमन्त्री



ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताएका छन् ।

नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूहरुले सक्दो पहल गर्ने विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीले कला र संस्कृतिमा नेपाल धनी भएको सन्दर्भमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताउँदै बजारका सामानभन्दा आफैँले मेहनत गरेर फलाएका खाना र बनाएका सामान प्रयोग वृद्धिका लागि आग्रह गरे । “हाम्रो देश कलाका लागि प्रसिद्ध छ । यहाँका कला अमूल्य छन् । यिनमा हाम्रा दृष्टिकोण र कला सजिएका हुन्छन्”, प्रधानमन्त्री ओलीले भने, “हस्तकलाले महिलाको रोजगारी र सीप विकासका साथै सामाजिक उत्थानमा पनि मद्दत गरेको छ । यस क्षेत्रबाट उत्पादित सामान निर्यातका लागि लागौँ, म यसका विभिन्न विधाको विकासका लागि के के गर्नुपर्छ भन्नेबारे महासङ्घलाई बोलाएर छलफल गर्छु । त्यसका आधारमा हामी थप काम गर्नेछौँ ।”

महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले सरकारले सार्वजनिक निकायहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्नेसम्बन्धी निर्देशिका जारी गरेकामा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयमा जोड दिए । उनले निर्यात वृद्धि र सहजीकरणका लागि विभिन्न बुँदामा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए।

हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ११ लाख रोजगारी सृजना गरेको छभने यसले करिब रु ११ अर्ब बराबरका सामान निकासी गरेको जनाइएको छ ।

कार्यक्रमममा उत्कृष्ट निर्यातकर्ता र योगदानर्तालाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ३ : ३४ बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा