१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

दुम्किबासको पुल भाँचिदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध



नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-१ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगतको बुटवल नारायणगढ सडक खण्डमा अधिकांश पुलहरु जीर्ण रहेका थिए । जसले गर्दा यहाँ पटक पटक पुल भाँचिएर सडक अवरुद्ध हुने गरेको थियो ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल भाँचिएर भाँसिदा सडक अवरुद्ध भएको जानकारी दिए ।

उनले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले पुल भाँचिए पछि बाटो अवरुद्ध भएको जानकारी गराउँदै डाइभर्सन नबन्दा सम्मलाई बैकल्पिक बाटो खोज्ने काम भईरहेको जानकारी दिए ।

भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : ०१ बजे

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा