५ पुस २०८२, शनिबार | December 20, 2025

दुम्किबासको पुल भाँचिदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध



नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-१ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगतको बुटवल नारायणगढ सडक खण्डमा अधिकांश पुलहरु जीर्ण रहेका थिए । जसले गर्दा यहाँ पटक पटक पुल भाँचिएर सडक अवरुद्ध हुने गरेको थियो ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल भाँचिएर भाँसिदा सडक अवरुद्ध भएको जानकारी दिए ।

उनले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले पुल भाँचिए पछि बाटो अवरुद्ध भएको जानकारी गराउँदै डाइभर्सन नबन्दा सम्मलाई बैकल्पिक बाटो खोज्ने काम भईरहेको जानकारी दिए ।

भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको