३ मंसिर २०८२, बुधबार | November 19, 2025

दुम्कीबासमा पुल भाँचिएपछि तीनवटा वैकल्पिक रुटबाट आवागमन संचालन



काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि तत्कालका लागि तीनवटा वैकल्पिक बाटोको प्रयोग गरेर आवागमन सुचारु बनाइएको छ ।

पूर्वपश्चिम राजमार्गको तीनवटा वैकल्पिक बाटो प्रयोग गरि सवारी आवागमन संचालन गराईएको नवलपरासी दाउन्ने पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । उनका अनुसार पहिलो बैकल्पिक रुटमा विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्रि बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा रुट प्रयोग भएको छ । जुन रुट अहिले चलिरहेको राजमार्ग भन्दा ५ किलोमिटर लामो पर्न जाने प्रजिअ पोखरेलले बताए ।

त्यस्तै, ठूला सवारी साधनलाई भने ज्यामिरे पेट्रोलपम्प हुँदै सिजीचोक, डाँडाचौर, होङ्सि गेटमा पुग्ने अर्को रुट प्रयोग गराइएको छ । उक्त बाटो ािबिक राजमार्ग भन्दा १८ किलोमिटर लामो पर्नजाने पोखरेलले बताए ।

त्यस्तै, तेस्रो बिकल्पकारुपमा भाँचिएको पुल नजिकै अर्को एउटा डाइभर्सनबाट पनि सवारी आवागमन गराइएको छ । उक्त रुटबाट भने ६ पांग्रे कम भारका सवारी साधन मात्रै संचालन भइरहेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ८ : ५२ बजे

मोटोपनले अस्वस्थ महिला

काठमाडौँ । अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७

‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने अवस्था

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर

अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

काठमाडौं । अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बैस्दैछ । अध्यक्ष