१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

समान विचार भएकाहरूसँग एकता हुन्छ : कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समान विचारधारा भएकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने बताएका छन्।

३०३औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गर्दै अध्यक्ष थापाले यसअघि सहकार्य गरेका र समान विचार भएकासँग आफूले एकता र सहकार्यको प्रयास गर्ने बताए।

२०७३ सालमा गणतन्त्रको वकालत गरेका पुराना अग्रजलाई आफूले उदारतापूर्वक एकीकृत गरे पनि दुर्घटना भएकाले भन्दै पुनः एकताको प्रयास गर्ने उनले बताए।

थापाले मुलुकमा बलियो राष्ट्रबादी शक्ति निर्माण गर्ने आफ्नो लक्ष्य रहेको धारणा राखे। उनले पृथ्वी जयन्तीलाई हरेक बर्ष मनाउने सरकारी निर्णय र अन्य राजनीतिक दलहरुले पनि राष्ट्रिय दिवस मनाउनु उपलब्धीपूर्ण रहेको उल्लेख गरे।

चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेर बहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललगायत विभिन्न दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति थियो।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ४ : ५८ बजे

बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल सञ्चालनमा आउन सकेन

म्याग्दी । शिरानमा ६ भिरालो जग्गामा गुजुमुज्ज परेको दोवागाउँ ।

नेपालगन्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा

वर्षाका कारण न्युजिल्याण्ड र पाकिस्तानको खेल रद्द, दुवैले पाए एक-एक अंक

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर-८ चरणको पहिलो

हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

हुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिन मात्र बाँकी