१० पुस २०८२, बिहिबार | December 25, 2025

समान विचार भएकाहरूसँग एकता हुन्छ : कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समान विचारधारा भएकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने बताएका छन्।

३०३औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गर्दै अध्यक्ष थापाले यसअघि सहकार्य गरेका र समान विचार भएकासँग आफूले एकता र सहकार्यको प्रयास गर्ने बताए।

२०७३ सालमा गणतन्त्रको वकालत गरेका पुराना अग्रजलाई आफूले उदारतापूर्वक एकीकृत गरे पनि दुर्घटना भएकाले भन्दै पुनः एकताको प्रयास गर्ने उनले बताए।

थापाले मुलुकमा बलियो राष्ट्रबादी शक्ति निर्माण गर्ने आफ्नो लक्ष्य रहेको धारणा राखे। उनले पृथ्वी जयन्तीलाई हरेक बर्ष मनाउने सरकारी निर्णय र अन्य राजनीतिक दलहरुले पनि राष्ट्रिय दिवस मनाउनु उपलब्धीपूर्ण रहेको उल्लेख गरे।

चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेर बहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललगायत विभिन्न दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति थियो।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ४ : ५८ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका 

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई-रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री कार्की

। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

१७ वर्षपछि स्वदेश फर्किए तारिक रहमान, ढाकामा भव्य स्वागत

ढाका । बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक