२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

तिनाउ ईङ्गलिस बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सुरु



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरमा रहेको तिनाउ ईङ्गलिस बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सुरु भएको छ । शुक्रबार २६ गतेबाट भएको शुरु भएको खेल सप्ताह पुस २९ गते सम्म चल्ने छ ।

स्कुलको २५ औं वार्षिक उत्सव तथा रजत महोत्सवको अवसरमा शुरु भएको खेल सप्ताहमा विद्यालयका १ हजार ७ सय भन्दा बढि विद्यार्थी सहभागी रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष यज्ञमुर्ती पाण्डेले जानकारी दिए । खेल सप्ताह अन्र्तगत बिगिनर्स, सब जुनियर, जुनियर र सिनियर गरी चार समूहमा विभाजन गरी खेलकुद प्रतियोगितामा सहभागी गराईने अध्यक्ष पाण्डेले जानकारी दिए ।

फिल्ड ट्रयाक र खेलगरी ४२ वटा विधामा स्पोर्टस मिट सम्पन्न हुने विद्यालयका प्राचार्य सिता पाण्डेले जानकारी दिइन । खेलकुदमा विद्यार्थीहरु फिल्ड एण्ड ट्रयाक तर्फ ८३ वटा पदकका लागि र खेलतर्फ २८६ वटा पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।पाण्डेका अनुसार विद्यालयले आगामी माघ महिनामा रजत महोत्सव समेत मनाउने समेत तयारी गरेको छ ।

खेल सप्ताह अन्तर्गत विगीर्नस ग्रुपको मन्टेश्वरीतर्फका खेलको व्यवस्थापन भूमिका मल्ल, नर्सरीमा लीला शर्माले एलकेजी युकेजीमा कविता थापाले गर्नेछन भने सब जुनियस तर्फको कक्षा १ र २ लक्ष्मी पाण्डे कक्षा ३ र ४ मा एसमिन गिरीले व्यवस्थापन गर्ने सहप्राचार्य सूर्य पाण्डेले बताए । जुनियस तर्फको कक्षा ५,६र७ का खेलहरु दुर्गा केसीले व्यवस्थापन गर्ने विद्यालयका संयोजक नारायण पोखरेलको भनाइ छ ।

बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अग्निधर पोखरेलका अनुसार प्रतियोगीतामा विजेता विद्यार्थीहरुलाई नगद सहितको पुरस्कार प्रदान गरिने छ । हरेक दिन फरकफरक विधाका खेलहरुमा प्रतिस्प्रर्धा गराइएको उनको भनाइ छ ।

विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि खेल सप्ताहले महत्वपूर्ण भूमिका निर्बाह गर्ने विद्यालयको अपेक्षा छ । तिनाउमा अहिले १ हजार ८ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ६ : ४६ बजे

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक