२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा खेल महोत्सव जारी



बुटवल । रुपन्देहीको तिलोत्तमा वडा नम्बर-४ स्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा जारी वार्षिक खेल महोत्सवमा आइतबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

प्रतियोगिता अन्तरगत सिनीयर र मिडलतर्फ सय र दुई सय मिटर छात्र÷छात्रा दौड, शट पुट, ज्याब्लिङ् थ्रो, मिडल तथा जुनियरको पिगी व्याग, प्लेट रेस लगायतका खेलहरु भएका छन् ।

यसैगरी जुनीयरदेखि सिनीयरसम्म म्याथ रेस लगाएतका विभिन्न खेलहरु सम्पन्न भएका छन् । खेलमा विजयी विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । महोत्सव अन्तरगत सोमबार पनि विभिन्न खेलहरु हुने छन् । खेल महोत्सवमा विभिन्न ३७ वटा ईभेन्टमा ३ सय बढी विद्यार्थीले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगितामा विद्यार्थीले ९० सहित कूल २७० पदकका लागि प्रतिस्पर्धा गर्दै छन् । विद्यालयमा हाल २ हजार बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयका खेलकूद ईन्चार्ज मेघराज भट्टराईका अनुसार विद्यार्थीलाई विभिन्न ५ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ ।

विद्यालयको प्राङ्गणमा विभिन्न साँस्कृतिक प्रस्तुतीहरुसँगै जारी महोत्सवमा प्रतिस्पर्धात्मक खेल भैरहेको उनले बताए । यसैगरी कक्षा नर्सरीदेखि ३ कक्षासम्मका छात्र तथा छात्रा बीच माघ ३ गतेदेखि प्रतियोगिता हुनेछ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ४ : १० बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले