२३ भदौ २०८३, मंगलबार | September 9, 2026

सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा खेल महोत्सव जारी



बुटवल । रुपन्देहीको तिलोत्तमा वडा नम्बर-४ स्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा जारी वार्षिक खेल महोत्सवमा आइतबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

प्रतियोगिता अन्तरगत सिनीयर र मिडलतर्फ सय र दुई सय मिटर छात्र÷छात्रा दौड, शट पुट, ज्याब्लिङ् थ्रो, मिडल तथा जुनियरको पिगी व्याग, प्लेट रेस लगायतका खेलहरु भएका छन् ।

यसैगरी जुनीयरदेखि सिनीयरसम्म म्याथ रेस लगाएतका विभिन्न खेलहरु सम्पन्न भएका छन् । खेलमा विजयी विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । महोत्सव अन्तरगत सोमबार पनि विभिन्न खेलहरु हुने छन् । खेल महोत्सवमा विभिन्न ३७ वटा ईभेन्टमा ३ सय बढी विद्यार्थीले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगितामा विद्यार्थीले ९० सहित कूल २७० पदकका लागि प्रतिस्पर्धा गर्दै छन् । विद्यालयमा हाल २ हजार बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयका खेलकूद ईन्चार्ज मेघराज भट्टराईका अनुसार विद्यार्थीलाई विभिन्न ५ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ ।

विद्यालयको प्राङ्गणमा विभिन्न साँस्कृतिक प्रस्तुतीहरुसँगै जारी महोत्सवमा प्रतिस्पर्धात्मक खेल भैरहेको उनले बताए । यसैगरी कक्षा नर्सरीदेखि ३ कक्षासम्मका छात्र तथा छात्रा बीच माघ ३ गतेदेखि प्रतियोगिता हुनेछ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ४ : १० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी