१० पुस २०८२, बिहिबार | December 25, 2025

रवि लामिछाने पुनः प्रहरी हिरासतमा, बयान सकिए पनि थुनछेक बहस भएन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले हिरासत पठाएको छ ।

सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको बयान सकिएपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले प्रहरीको जिम्मा लगाएका हुन् ।

बयान सकिएपछि इजसालसमा रविका कानूनव्यवसायी र न्यायाधीशबीच हिरासतमा पठाउने या परिवार या कानूनव्यवसायीको जिम्मा लगाउने विषयमा सवाल जवाफ चलेको थियो । लामिछानेले समेत आफू अदालत हाजिर भएकोले परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए। तर न्यायाधीशले उनको कुरा सुनेनन् । त्यसलगत्तै लामिछानेले ‘श्रीमानको आदेश ससम्मान स्वीकार गर्छु’ भनेका थिए ।

बयान सकिए पनि थुनछेक बहस सुरु नभएपछि उनलाई अदालतले प्रहरीको जिम्मा लगाएको हो । सरकारी वकिलले बयान पढ्न समय मागेपछि थुनछेक बहस हुन नसकेको हो । अब प्रहरीले उनलाई भोलि सोमबार अदालतमा उपस्थित गराउनेछ ।

यसअघि लामिछाने ८४ दिनपछि पोखरा प्रहरीको हिरासतबाट रिहा भएका थिए ।

 

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ४ : २० बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु