१० पुस २०८२, बिहिबार | December 25, 2025

रवि लामिछाने आज पनि हिरासत पठाइए



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि हिरासतमै पुगेका छन् ।

थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले उनलाई प्रहरीसँगै पठाउने आदेश गरेका हुन्। लामिछानेले भने आफूलाई थुनामा नपठाउन अनुरोध गरेका थिए ।
आज बहस नसकिएपछि अब रवि थप दुई दिन हिरासतमा बस्नुपर्ने भएको छ । भोलि सार्वजनिक विदा भएका कारण पर्सि बुधबार मात्र पुनः थुनछेक बहस हुनेछ ।

यसअघि सरकारी वकिलहरुले बहस गर्दै रविले सहकारीबाट ल्याएएको रकम गोर्खा मिडियामार्फत प्रयोग गरेको र उनले नै चेकमा हस्ताक्षर गरेका कारण उनलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए ।

सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँवाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी शुक्रबार भने हाजिर हुन भने सकेका थिएनन् ।

हाल कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी अदालतमा हाजिर भएका हुन । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितलाइ लागेको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ४ : ३१ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु