३० माघ २०८१, बुधबार | February 12, 2025

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते



गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई जिल्ला अस्पताल गुल्मीमा उपचारका लागि पठाइएको छ ।

जिल्लाको सिमलटारी फुलबारीबाट प्युठान गौमुखीतर्फ जाँदै गरेको ग १ ज ४५३३ नम्बरको जिप गुल्मी-प्युठान सीमामा दुर्घटना भएको प्रहरीले जनाएको छ । गौमुखी प्युठानको प्रसिद्ध धार्मिक तीर्थस्थल हो । यहाँ माघे सक्रान्तिमा विशेष मेला लाग्ने गर्दछ् । सोही मेलाका लागि जाँदै गरेका तीर्थयात्रीहरु सवार जिप दुर्घटना भएको हो ।

जिपमा सवार सबै यात्रु घाइते भएका छन्, जसमध्ये अधिकांश महिला रहेका छन् । मदाने गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुशील चन्द्रका अनुसार घाइतेहरूमध्ये अधिकांशको अग्लुङ स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : १२ बजे

आज हिंसात्मक अतिवाद रोकथाम दिवस

काठमाडौं । आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ

‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’

प्रयागराज । यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न

झापामा महिलाको शव फेला

झापा । झापाको शिवसताक्षी नगरपालिका-११ दुधेमा एक महिलाको शव नग्न

आजको मौसम : देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको