७ आश्विन २०८३, बुधबार | September 23, 2026

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते



गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई जिल्ला अस्पताल गुल्मीमा उपचारका लागि पठाइएको छ ।

जिल्लाको सिमलटारी फुलबारीबाट प्युठान गौमुखीतर्फ जाँदै गरेको ग १ ज ४५३३ नम्बरको जिप गुल्मी-प्युठान सीमामा दुर्घटना भएको प्रहरीले जनाएको छ । गौमुखी प्युठानको प्रसिद्ध धार्मिक तीर्थस्थल हो । यहाँ माघे सक्रान्तिमा विशेष मेला लाग्ने गर्दछ् । सोही मेलाका लागि जाँदै गरेका तीर्थयात्रीहरु सवार जिप दुर्घटना भएको हो ।

जिपमा सवार सबै यात्रु घाइते भएका छन्, जसमध्ये अधिकांश महिला रहेका छन् । मदाने गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुशील चन्द्रका अनुसार घाइतेहरूमध्ये अधिकांशको अग्लुङ स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : १२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११