३० माघ २०८१, बुधबार | February 12, 2025

राष्ट्रपति पौडेलद्वारा माघे सङ्क्रान्तिको शुभकामना



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन ।

माघे सङ्क्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश दिदै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन । यस पर्वलाई मुलुकका विभिन्न जातजातिले आ-आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।

थारू समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्षका रूपमा मनाउँछन् । तराईवासीले ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदीमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रही आएको पनि राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन । त्यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी तथा खिचडी आदि परिकार खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहेको छ ।

यस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा नेपाललाई विश्वसामु परिचित गराउन महत्वूर्ण भूमिका रहने राष्ट्रपति पौडेलले बताए ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले नेपालीका बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरेका छन ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ७ : ३५ बजे

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको

श्री स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी