१४ असार २०८३, आइतबार | June 29, 2026

थारू बस्तीमा माघीको खुसीयाली



बाँके । नयाँ वर्षका रूपमा लिइने माघी पर्वले थारू बस्तीमा खुसीयाली बढाएको छ । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका थारू गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको बाँके राप्ती सोनारी गाउँपालिका–३ बैजापुर निवासी थारू अगुवा तुलसीराम थारूले ए।

“माघीका अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायत नाच थारू गाउँमा सुरु भएका छन्”, उनले भने, “गाउँगाउँमा नाचसँगै माघीको चहलपहल सुरु भएको छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणासमेत उठाउने चलन छ ।”

पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारू समुदायले माघी पर्व मनाउने गर्छन् । थारू समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ कामको र नयाँ व्यवस्थलागू हुने भएकाले यसलाई विशेष रूपमा हेरिने गरेको बाँके बैजनाथका थारू अगुवा चन्द्रबहादुर चौधरीले बताए ।

माघीलाई थारू समुदायमा आ–आफ्नै तरिकाले मनाउने तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया भने एक वर्षलाई एउटै प्रकृतिको हुने हुँदा यसले रोचकता बढाएको उनले बताए। “माघी आएसँगै थारूगाउँमा माघीको रौनक र चहलपहल छुट्टै बढेको छ”, थारू अगुवा चौधरीले भने, “नयाँ पुस्तामा संकृतिको संरक्षण र परिस्कृत गर्ने सोच पनि पलाएको छ ।”

माघी थारू समुदायको चाडमात्र नभएर यस अवसरमा नयाँ रीतिथिति, नयाँ अगुवा (मतहवा, भल्मन्सा, मतहवा, बरघर) चुन्ने र नीतिनियम निर्माण गर्ने पर्वका रूपमा रहेको चौधरीको भनाइ छ । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीको यी जिल्लामा अझ विशेष महत्वकासाथ मनाउने परम्परा छ ।

गाउँको अगुवा कन्दारदेखि चौकीदारसम्म चुनिने, वर्ष भरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घर सल्लाहलगायत विषयमा छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षका रूपमा पनि थारू समुदायले लिने गरेको राप्ती सोनारी–३ का वडाध्यक्ष मीनकुमार थारूले बताए ।

“थारू समुदायमा विशेष गरेर पुसको अन्तिम दिनदेखि माघीको प्रभाव देखिने गर्छ । अहिले थारू गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, पिसान कुटान, रङरोगन, जाँड बनाउने ढिक्री पकाउने तथा खानाका अन्य प्रकार निर्माण पूरा गरिएको छ”, उनले भने, “माघीकै अवसरमा विभिन्न ठाउँमा मेला महोत्सवको आयोजना हुने गर्छन् ।”

उनका अनुसार थारू समुदायमा माघ १ गतेको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एक ठाउँमा जम्मा भएर गाउँको एक ठाउँमा आगो बाली रातभर आगो तापेर रमाइलो गर्छन् । राति आगो ताप्ने, भाले बासेसँगै नदी, खोलामा नुहाउने गर्छन् ।

नुहाएर आफूभन्दा ठूलासँग आशीर्वाद लिने र सानालाई स्नेह गर्ने चलन छ । माघ २ गते गाउँको भेला बोलाएर अगुवा छान्ने र नीतिनियम बनाउने चलन छ । त्यसपछि केही दिन नाचगान गरेर पर्व मनाउने चलन छ । माघीकै अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायत नाच नाचिने गरिन्छ । माघी पर्वसँगै थारू संस्कृति संरक्षण र रमाइलोका लागि मगौटा नाचगान सुरु भएको बाँके राप्ती सोनारी–२ कचनापुरका रामदास थारूले जानकारी दिए ।

भुवरभवानीमा माघी मेला

थारू समुदायको मुख्य पर्व माघीका अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका–३ स्थित भुवरभवानी मन्दिर परिसरमा ऐतिहासिक माघी मेला सुरु भएको छ । बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा पुस २९ देखि माघ ४ गतेसम्म लाग्ने माघी मेलामा बाँकेका साथै छिमेकी जिल्ला र भारतबाट समेत भक्तजन पुग्ने गरेको मेलाका संरक्षक एवं वडाध्यक्ष मीनकुमार थारूले जानकारी दिए ।

“भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्न सके आस्थाको गन्तव्य बन्न सक्छ”, मीनकुमारले भुवरभवानी माघी मेलाबारे भने, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।”

विसं २०१३ मा स्थापना भएको भुवरभवानी मन्दिरमा वर्षमा तीनपटक विशेष पूजासँगै लाग्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने गरेका मेलाका संरक्षक एवं राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष तुलसीरामले बताए ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ९ : ४१ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा