१ मंसिर २०८२, सोमबार | November 18, 2025

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ ।

यस्तै, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको संभाबना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ८ : १० बजे

सुरक्षा चुनौती निस्तेज पार्ने रणनीति बनाउन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखापरेको सुरक्षा चुनौतीको

काठमाडौं अवतरण हुन नसक्दा नेपाल वायुसेवा निगमका जहाज अव भैरहवा ‘डाइभर्ट’ हुने

काठमाडौं । विभिन्न कारणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुन नसक्दा

नेपालगन्जमा सर्वाधिक कर तिर्ने वेष्टर्न अस्पताललाई कर कार्यालयको सम्मान

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालय नेपालगन्जबाट आर्थिक वर्ष २०८०/०८१ मा

जेनजी आन्दोलनका क्रममा नेपालगन्जमा तोडफोड, आगजनी र लुटपाट गर्ने ६ जना पक्राउ

नेपालगन्ज । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा नेपालगन्ज

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत