३ चैत्र २०८२, मंगलबार | March 17, 2026

पत्रकार खनालको निधन



काठमाडौं । लेखक तथा पत्रकार श्रीधर खनालको ९४ वर्षको उमेरमा आज निधन भएको छ ।

‘दीर्घबाहु’ उपनामबाट जासुसी उपन्यास लेखेका उनी २० को दशकमा ‘मुर्कुट्टा लाश, मेजरको सर्प, बिखालु इच्छापत्र, छ औँले मान्छे, बाह्र बजेको घण्टी, पानको गुलाम,नाङ्गिएकी सुन्दरी’ का कारण लोकप्रिय थिए ।

प्रकाशित शब्दभेदी लडाई, उनका लोकप्रिय जासुसी उपन्यासहरू हुन् भने ‘नमरी संसार देखिन्न, उल्लीबिल्ली, चट्याङचुटुङ’ हास्यव्यङ्ग्यका कृति पनि उत्तिकै लोकप्रिय रहेका उनका कृति सूक्ष्म रूपमा अध्ययन गरेका डा रमेशचन्द्र न्यौपानेले बताए ।

तीसको दशकमा रमेशनाथ पाण्डेद्वारा सम्पादित तथा प्रकाशित ‘नयाँ सन्देश’ पत्रिकाको अन्तिम पृष्ठमा ‘विश्वामित्र नामबाट यौनप्रधान आख्यान पनि उनले लेखेका सम्झन्छन डा न्यौपाने । चौरासी वर्षको उमेरसम्म मोटरसाइकलमा हुँइकिन सक्ने उनले निर्भीक पत्रकारिता गरेका र उनका एकमात्र छोरा व्रजेश खनाल पनि युवापुस्तामाझ लोकप्रिय लेखकका रुपमा परिचित रहेको डा न्यौपानेले बताए ।

पारिवारिक स्रोतकाअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । उनका छ जना छोरी छन ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  १२ : ४३ बजे

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर

जनताको आशा र विश्वास कायम राख्न आफ्ना सांसदहरुलाई रास्वपा उपसभापतिको आग्रह

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको