३० माघ २०८१, बुधबार | February 12, 2025

पत्रकार खनालको निधन



काठमाडौं । लेखक तथा पत्रकार श्रीधर खनालको ९४ वर्षको उमेरमा आज निधन भएको छ ।

‘दीर्घबाहु’ उपनामबाट जासुसी उपन्यास लेखेका उनी २० को दशकमा ‘मुर्कुट्टा लाश, मेजरको सर्प, बिखालु इच्छापत्र, छ औँले मान्छे, बाह्र बजेको घण्टी, पानको गुलाम,नाङ्गिएकी सुन्दरी’ का कारण लोकप्रिय थिए ।

प्रकाशित शब्दभेदी लडाई, उनका लोकप्रिय जासुसी उपन्यासहरू हुन् भने ‘नमरी संसार देखिन्न, उल्लीबिल्ली, चट्याङचुटुङ’ हास्यव्यङ्ग्यका कृति पनि उत्तिकै लोकप्रिय रहेका उनका कृति सूक्ष्म रूपमा अध्ययन गरेका डा रमेशचन्द्र न्यौपानेले बताए ।

तीसको दशकमा रमेशनाथ पाण्डेद्वारा सम्पादित तथा प्रकाशित ‘नयाँ सन्देश’ पत्रिकाको अन्तिम पृष्ठमा ‘विश्वामित्र नामबाट यौनप्रधान आख्यान पनि उनले लेखेका सम्झन्छन डा न्यौपाने । चौरासी वर्षको उमेरसम्म मोटरसाइकलमा हुँइकिन सक्ने उनले निर्भीक पत्रकारिता गरेका र उनका एकमात्र छोरा व्रजेश खनाल पनि युवापुस्तामाझ लोकप्रिय लेखकका रुपमा परिचित रहेको डा न्यौपानेले बताए ।

पारिवारिक स्रोतकाअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । उनका छ जना छोरी छन ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  १२ : ४३ बजे

झापामा महिलाको शव फेला

झापा । झापाको शिवसताक्षी नगरपालिका-११ दुधेमा एक महिलाको शव नग्न

आजको मौसम : देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको

श्री स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ