२८ चैत्र २०८२, शनिबार | April 11, 2026

मर्चवार लिफ्ट सिँचाइ आयोजनाको क्षेत्र घट्दै



लुम्बिनी । मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सेवा क्षेत्र आधाभन्दा बढीले घटेको छ । विसं २०५३ मा तीन हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा दिएको आयोजनाले अहिले एक हजार पाँच सय हेक्टर जमिनमा मात्रै सिँचाइ पुर्याइरहेको छ ।

तीस वर्ष पुरानो संरचना जीर्ण हुनुका साथै पानी चुहावटको समस्या देखिन थालेपछि आयोजनाको क्षेत्र घट्दै गएको मर्चवार लिफ्ट सिँचाइ जलउपभोक्ता संस्थाका व्यवस्थापक विश्वनाथ आर्यलले बताए ।

“उद्देश्यअनुसार आयोजनालाई अघि बढाउन सकेका छैनौँ । पुरानो संरचना जीर्ण बन्दा ठाउँठाउँमा पानी चुहावट हुने गर्दछ”, ब्लाकका अध्यक्ष रामेश यादवले भने ।

संयुक्त राष्ट्र सङ्घीय विकास कोष युएनडिपीको प्राविधिक सहयोग र आर्थिक अनुदानमा पाँच हजार छ सय हेक्टर क्षेत्र सिँचाइ क्षमता पुर्याउने लक्ष्य राखेर विसं २०३६ मा उक्त आयोजना निर्माण सुरु भएको थियो ।

छ हजार तीन सय परिवारका ४४ हजार जनसङ्ख्या लभान्वित हुने लक्ष्यअनुसार नेपाल सरकारबाट रु पाँच करोड ९७ लाख ४६ हजार चार सय १६ र दातृ संस्था युएनडिपीबाट रु १२ करोड ६८ लाख एक हजार आठ सय १९ लागतमा दुई चरणमा सिँचाइ आयोजना निर्माण भएको थियो ।

किसान नेता अशोककुमार त्रिपाठीले नहर संरचना र यन्त्रको स्थिति ३० वर्ष पुरानो हुँदा जीर्ण भएको बताए । उनले भने, “संरचना जीर्ण हुँदै जाँदा सबै ठाउँमा पानी पुर्याउन सकिएको छैन ।”

पछिल्लो समयमा नहर मर्मत, पम्प मर्मत र घट्दै गएको सिँचाइ सेवा क्षेत्र विस्तार तथा विधान संशोधनलगायत संस्थागत सुधारका काम आवश्यक भएको नगौलिया नहर प्रणालीका अध्यक्ष अलाउद्धिन खाँनले बताए ।

आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी रु १४ लाख ३४ हजार नौ सय ५६, आव २०७६/७७ मा सबैभन्दा कम रु ३१ हजार २३ सिँचाइ शुल्क सङ्कलन भएको संस्थाले जनाएको छ । आव २०७९/८० मा रु ११ लाख ४७ हजार ३० र गत आवमा रु ११ लाख ३५ लाख छ हजार ६७ शुल्क उठेको संस्थाका संस्थाका सचिव जगन्नाथप्रसाद कुर्मीले जानकारी दिए ।

आयोजनाको सफल कार्यान्वयनका लागि जल वितरणको संरचनामा सुधार र नहरको मर्मत गर्नुपर्ने आवश्यकता रहेको सचिव कुर्मीले बताए । उनले भने, “यो लुम्बिनी प्रदेशको गौरवको योजना रहे पनि हालसम्म सरोकार भएका निकायको ध्यान पुगेको देखिदैँन ।”

आयोजनासँगै सिँचाइ सेवालाई प्रभावकारी बनाउन पुराना संरचनाको मर्मत, जीर्णोद्धार तथा पानीको चुहावट नियन्त्रण, सर्वसाधारणका लागि कम शुल्कको व्यवस्थालगायत सुधार गर्दै जानुपर्ने संस्थाका पूर्वअध्यक्ष नजीर अहमद खाँले बताए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  २ : ३८ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र