२९ माघ २०८१, मंगलबार | February 11, 2025

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित



सुर्खेत । कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले रु चार अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ । नलगाड नगरपालिका-१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न मन्त्रालयले उक्त बजेट सुनिश्चित गरेको हो ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको आग्रहमा अर्थले बजेट सुनिश्चित गरेको प्रतिनिधिसभा सदस्य तथा पूर्व सहरी विकासमन्त्री धनबहादुर बुढाले जानकारी दिए । लामो समयदेखि बजेट अभावले रोकिएको करिडोर निर्माणले अब गति लिने पूर्वमन्त्री बुढाले बताए । भेरी करिडोर सडक दुई सय १७ किलोमिटर हुने जनाइएको छ । त्यसमध्ये जाजरकोट-डोल्पा सदरमुकाम दुनैसम्म एक सय १८ किलोमिटर छ । हाल जाजरकोटबाट तल्लुसम्मको ६२ किलोमिटर खण्डमा स्तरोन्नति भइरहेको छ । अब तल्लुबाट दुनै सम्मको बाँकी ५६ किलोमिटर सडकमध्ये तल्लु-त्रिपुराकोटसम्मको ४२ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो ।

बजेट सुनिश्चित भएसँगै नेपाली सेनाले ट्र्याक खोलेको उक्त खण्डमा अब नयाँ ठेक्का आह्वान गरी स्तरोन्नति गरिने भेरी करिडोर आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए । पूर्वमन्त्री बुढाका अनुसार केही दिनमा पुल निर्माणका लागिसमेत बजेट सुनिश्चित गर्ने तयारी भइरहेको छ । हाल बेलिब्रिज भएको स्थानमा पक्की पुल निर्माण गर्ने आयोजनाको लक्ष्य छ ।

त्रिदेशीय सडकको रूपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरको दुनै-लासिक्याप खण्डको काम निर्माण व्यवसायीले ढिलाइ गर्दा लक्ष्यअनुसार उपलब्धि नहुने सम्भावना बढेको छ । ठेक्काको म्याद सकिन एक वर्ष बाँकी हुँदा पनि १५ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । उक्त सडक खण्ड निर्माण गर्न सूर्य-श्रेया-शान्तिदेवी जेभी काठमाडौँले रु १३ करोड ४२ लाखमा ठेक्का लिएको थियो ।

लासिक्यापबाट मरिमसम्मको सडक नेपाली सेनाले निर्माण गर्ने तयारीका साथ सेनाले रक्षा मन्त्रालयबाट भौतिक मन्त्रालयमा अनुमतिका लागि पत्र पठाइसकेको छ । कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोर अन्तर्गत जाजरकोट सदरमुकामदेखि डोल्पाको सदरमुकाम दुनैसम्म सडक ट्र्याक खोल्ने काम विसं २०६५ मा सुरु गरेको थियो । दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको कूल एक सय किलोमिटरमध्ये नेपालतर्फ ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ ।

भेरी करिडोरको जाजरकोट-डोल्पा सडक खण्डको पुल निर्माणको ठेक्का क्याराभान हिराचन जेभीले लिए पनि काम सुरु गरेको छैन । जेभीले विसं २०७७ माघ २ गते जाजरकोटको नलगाड खोला, झुम्रेखोलामा पुल निर्माणको ठेक्का लिएको थियो । त्यस्तै सोही कम्पनीले २०७७ माघ २ मै मैदेखोला, त्रात्र खोला, ताक्सुगाडमा पुल निर्माणको ठेक्का लिएको थियो । ठेक्का लिने तर काम नगर्नाले भेरी करिडोरमा पक्की पुल निर्माण हुनसकेका छैनन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ६ : ११ बजे

युरोप निर्यात हुन थाले बटुका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल,

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यवसायिक कागतीखेती रमाउँदै प्रतीक

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा