२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

प्राप्त उपलब्धिको रक्षा गर्न सबैले आवाज उठाउनुपर्छ : अध्यक्ष प्रचण्ड



चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सबैले आ-आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताएका छन ।

चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सब समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबैको चिन्ता संविधान, समावेशिता र सङ्घीयताको संरक्षण गर्ने हुनुपर्नेमा जोड दिए । सरकारले नियमित सदन बोलाएर विधेयक ल्याउनुपर्ने उनको भनाइ थियो ।

“सदन छलेर अध्यादेश ल्याउनु उचित होइन”, अध्यक्ष प्रचण्डले भने । सरकारले संविधान र लोकतन्त्रको मर्म विपरीत अध्यादेश ल्याएको उनको आरोप थियो । संविधान र लोकतन्त्रको मर्म र भावना अनुरुप काम गर्न अध्यक्ष प्रचण्डले सरकारसँग आग्रह गरे ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावक, जनप्रतिनिधि र शिक्षक सबैको मेहनत आवश्यक पर्ने अध्यक्ष दाहालले बताए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ६ : ४७ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा