४ पुस २०८२, शुक्रबार | December 19, 2025

पूर्व गृहमन्त्री खाँणद्वारा रोहिणी नदी सिचाईको निरीक्षण



बुटवल । पूर्व गृहमन्त्री तथा नेपाली काग्रेसंका केन्द्रीय सदस्य बालकृष्ण खाँणले रोहिणी नदी सिचाई आयोजनाको निरीक्षण गरेका छन् । शनिबार तिलोतमा नगरपालिका वडा नम्बर १२ र देवदह नगरपालिका वडा नम्बर दुई र तीनका करिब १५ सय बढी किसानलाई सिचाई हुनेगरी हेडबक्स निर्माणसंगै रोहिणी जलाधार बनाउने योजना अनुरूप काम सुरु भएको थियो ।

२०७३ सालमा सुरु भएको परियोजनाले उद्देश्य अनुसार समयमा काम गर्न नसकेको स्थानीयको गुनासो आएपछि पूर्व गृहमन्त्री खाँण देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा केसी लगायतले निर्माण स्थल पुगेर परियोजनाको निर्माण प्रगतिबारे सम्बन्धित सरोकारवालासँग छलफल गरेका हुन् ।

पूर्व गृहमन्त्री खाँणले केही काम बाकी रहेकाले समयमा काम सम्पन्न गरि परियोजनाको उद्देश्यमा रहेर काम गर्न आग्रह गरे । देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा केसीले रोहिणी खोलामा निर्माण भइरहेको सिचाई र रोहिणी जलाधारले जनतालाई राहत भन्दा समस्या हुने देखिएको बताए । समयमा काम सम्पन्न नहुनु र रोहिणी खोलामा वार्षिक बाढीका कारण खोलाको भाग उकास हुँदा आसपासका बस्ती र खेतीयोग्य जमिन डुबानमा पर्ने खतरा बढ्दै गएको बताए ।

यता जलस्रोत तथा सिचाई डिभिजन कार्यालय रूपन्देहीका प्रमुख टंक केसीले केही कामहरू अध्ययनको क्रममा रहेको भन्दै परिमार्जन सहित स्थानीयलाई अधिकतम लाभ हुनेगरी परियोजनाको काम अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको