२८ चैत्र २०८२, शनिबार | April 11, 2026

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय: साढे १५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै



काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ । कार्यालयले १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको हो ।

जसमध्ये १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको र ५ अर्बको रुपैयाँ बराबरको नयाँ (फ्रेस) ट्रेजरी बिल जारी गर्न लागेको कार्यालयले जनाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९१ दिन र २८ दिन को लागि ट्रेजरी बिलमा बोलकबोल गर्दै छ ।

कार्यालयले ९१ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नयाँ जारी गर्न लागेको हो । यो ट्रेजरी २०८२ वैशाख ९ गते परिपक्व हुनेछ । यस्तै, ९१ दिन अवधिकै १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो पनि २०८२ वैशाख ९ गते परिपक्व हुनेछ ।

बोलकबोलमा सोमबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

यसअघि माघ २ मा बोलकबोल भएको २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलको खरिदका लागि १५ अर्ब १७ करोड ४५ लाख बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २।७९ प्रतिशत कायम भएको थियो । अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

 

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ११ : २३ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि