२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

सर्बियाली अवकाश गृहमा आगलागी, आठ जनाको मृत्यु



सर्बिया । सर्बियाको राजधानी बेलग्रेडको बाहिरी इलाकामा रहेको एक अवकाश गृहमा सोमबार बिहान आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

आपतकालीन प्रतिकार्यको रेखदेख गरिरहेका प्रहरी अधिकारी लुका कौसिकले स्थानीय समयअनुसार बिहान ३ः३० बजे आगलागी हुँदा त्यहाँ करिब ३० जना रहेको जानकारी दिए ।

“दुर्भाग्यवश, आगलागीमा परी आठ जनाले ज्यान गुमाएका छन् । अग्नि नियन्त्रक अधिकारीहरूले आगलागी को खबर प्राप्त हुँदासाथ घटनास्थलमा पुगी १३ जनालाई सुरक्षित उद्धार गरेका छन्,” श्रम मन्त्री नेमान्जा स्टारोभिकले स्थानीय सञ्चारमाध्यमसँग भने ।

यसअघि उद्धार अधिकारीहरूले कम्तीमा छ जनाको मृत्यु भएको बताएका थिए । स्टारोभिचले भने, “घटनाको अनुसन्धान सुरु गरिएको छ । यस घडीमा म मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्छु ।”

“अभियोजकको कार्यालयले बिहानै थप आधिकारिक जानकारी प्रदान गर्नेछ,” उनले भने । घाइतेहरुको बेलग्रेड मिलिटरी अस्पतालमा उपचार भइरहेको छ ।

काउसिकका अनुसार आगलागी बाटोको सुविधा भएको इलाकामा भएकोले अग्निनियन्त्रकहरूले आगो निभाइसकेका छन् । एका थिए जसले तुरुन्तै काम गरेका थिए, यद्यपि सुविधा दुर्गम क्षेत्रमा अवस्थित थियो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ५ : ११ बजे

उदयपुरमा सडकबाट १५ मिटर तल खस्यो माइक्रोबस, चालकसहित १० जना घाइते

काठमाडौं । उदयपुरमा यात्रु बोकेको माइक्रोबस दुर्घटना हुँदा चालकसहित १०

नदीमा डुबेर एक बालकको मृत्यु

दाङ । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको

बर्दियामा मोटरसाइकल दुर्घटना, १६ वर्षीय युवकको मृत्यु

बर्दिया । बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई

मधेशमा दीपावली सकिएसँगै छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम । दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी