२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य शर्माको निधन



काठमाडौं । पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको ६८ वर्षको उमेरमा निधन भएको छ। उनको भारतमा उपचारको क्रममा निधन भएको हो।

मिर्गौलामा समस्या भएपछि पूर्वमन्त्री शर्मालाई उपचारका लागि भारत लगिएको थियो। मृगौलामा समस्या आएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए । मृगौला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको बताइएको छ ।

शर्मा बागलुङका पुराना वामपन्थी नेताका रुपमा परिचित छन्। उनले लामो समय एमालेको राजनीति गरेपनि पछिल्लो समय उनी एकीकृत समाजवादीमा रहेका थिए ।

उनी संविधानसभामा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ९ : ४० बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष