१७ भदौ २०८३, बुधबार | September 2, 2026

खानेपानी संस्थाहरु करमुक्त गर्न माग



काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले मङ्गलबार खानेपानीमन्त्री प्रदीप यादव र मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई एक ज्ञापनपत्र बुझाउँदै खानेपानी संस्थाहरु करमुक्त हुनुपर्ने माग राखेको छ ।

महासङ्घका अध्यक्ष खेमराज वलीको नेतृत्वको टोलीले सिंहदरबारमा मन्त्री र सचिवलाई भेटेर जनताको पानी सरकारको लगानी भन्ने नारालाई सार्थक बनाउन आग्रह गरेको हो ।

जलवायु परिवर्तन, जनसङ्ख्या वृद्घि, सहरीकरणलगायतका विविध कारणले खानेपानीको स्रोत दिनप्रतिदिन घट्दै गएकाले भविष्यमा आउनसक्ने चुनौतीको सामना गर्न बेलैमा वैकल्पिक उपाय अपनाउनुपर्नेमा महासङ्घले जोड दिएको छ ।

स्थानीय तहबाट देखाइएको उत्साहजनक सहभागिताका कारण आज साना सहरी÷सहरी÷सहलगानी लगायतका खानेपानी आयोजना दक्षिण एसियाकै नमूना खानेपानी आयोजनामा प्रमाणित भएकाले यी खानेपानी आयोजनाको संरक्षण गर्न महासङ्घले ध्यानाकर्षण गराएको छ ।

नेपालको संविधानमा भएको प्रत्येक नेपालीलाई स्वच्छ खानेपानी तथा सरसफाइ पहुँचको हकलाई सम्मान गर्दै पूर्ण कार्यान्वयन गर्न महासङ्घको माग छ । खानेपानी आयोजनाको प्राविधिक/आर्थिक पक्ष सरकारको र व्यवस्थापकीय क्षेत्र समुदायको अर्थात उपभोक्ता संस्थाहरुको भएकाले मौलिकहकको प्रत्याभूति हुने गरी खानेपानी आयोजना निर्माण हुनुपर्नेमा जोड दिएको छ ।

लगानी साझेदारीका सञ्चालित आयोजनाका कारण उपभोक्ता संस्थाहरु ऋणको भारमा थिचिएको सो ऋण मिनाहा गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी दिन आग्रह गरेको छ । खानेपानी प्रणाली सञ्चालन गर्दा खपत भएको विद्युत् राज्यबाट निःशुल्क व्यवस्था गर्नुपर्ने तथा खानेपानी बिमा बोर्डको अवधारणा ल्याइ प्रिमियम वापतको रकम राज्यको दायित्वमा रहनुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ८ : ४७ बजे

प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

तास्मिनियाविरुद्ध नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

काठमाडौं । अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित