२० भदौ २०८३, शनिबार | September 5, 2026

पुल भासिने भारतीय ओभरलोड सवारी साधनलाई अनुमती दिनेमाथि कारवाही गरेको डिआइजी कार्कीको दाबी



बुटवल । लुम्बिनी प्रदेशका प्रहरी नायव महानिरिक्षक दान बहादुर कार्कीले गत पुस २६ गते पूर्वी नवलपरासीको बुटवल-नारायणगढ सडक खण्डको पुल भासिने गरी ओभरलोड बोकेको भारतीय सवारी साधनलाई नेपालमा गुड्नका लागि अनुमती दिनेलाई कारवाहीको दायरामा ल्याएको खुलासा गरेका छन ।

नवलपरासीको बेनीपुरखोलाको पुल भारतीय ओभरलोड बोकेको सवारी साधनले गर्दा भासिएको भनी सर्वत्र आलोचना भएसंगै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भन्सार, यातायात, प्रहरीका तिनै तहका कर्मचारीलाई कारवाहीको दायरामा लिएको बुधवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन ।

ओभर लोड नियन्त्रण गर्ने पहिलो कार्यालय भन्सार दोस्रो कार्यालय यातयात व्यवस्था कार्यालय जिम्मेवार हुनुपर्ने भन्दैै डीआइजी कार्कीले प्रहरी पनि सो विषयवाट अलग भने रहन नसक्ने भएकाले भन्सार बिन्दुमा ओभरलोड नियन्त्रणका लागि कडा निदेशन भएको समेत बताए । डीआइजी कार्कीले गत आर्थिक वर्षको पहिलो ६ महिना र यो आर्थिक वर्षको पहिलो छ महिनामा प्रदेशमा प्रहरीले गरेका र गर्न नसकेका विषयमा तुलनात्मक रुपमा विश्लेषण गरेका थिए ।

यो वर्षको पुस महिनामा भए गरेका काम हरुको पनि पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । प्रदेशलाई नमूना प्रदेशका रुपमा स्थापित गर्न डीआईजी कार्कीले नागरिक सुनवायी, ग्रामीण भेटघाट ग्रामीण गस्ती, ग्रामीण गस्ती गाईड, प्रहरी प्रतिरक्षा, दूर्घटना न्यूनिकरणका लागि टाईम काड लगायतका आधुनिक प्रविधिलाई आत्मसाथ गर्ने गरी कार्ययोजना बनाएर काम अगाडी बढाएको समेत बताए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ७ : ४८ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार