१४ बैशाख २०८३, सोमबार | April 27, 2026

चार जनाको शव फेला



काठमाडौं । देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका(८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान खुल्न नसकेका अन्दाजी ३० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै म्याग्दीको बेनी नगरपालिका(४ सिंगास्थित म्याग्दी खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन्।

उता मोरङको सुनवर्षी नगरपालिका(४ काशीजान टोलस्थित सडकको नालीमा सोही नगरपालिका(६ खिर्किडागी बस्ने ५० वर्षीय कार्तिक लाल सुतियार बुधबार मृत अवस्थामा फेला परेका छन्।

ओखलढुंगा, सुनकोशी गाउँपालिका(५ मुलखर्क बस्ने ३२ वर्षीय करण तामाङ सोही गाउँपालिका(५ लप्सीडाँडास्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ८ : ०३ बजे

सरकारका प्रवक्ता भन्छन् – टीयू क्रिकेट मैदान भत्किने हल्ला निराधार

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

राजविराज । यहाँ बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक